काठमाडाैं । सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् ।
आइतबारको बैठकमा एमाले सांसदले संसद बैठकमा अवरोध गरेपछि बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका हुन् ।
तर नेकपा एमालेले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै वेल घेराउ गरेको छ ।
“सहकार्य र समन्वय गर्नैपर्छ । बैठक सहज बनाऔँ,” सभामुख सापकाेटाले भने, “संवादतिर जाऔँ । वातावरण सहज बनाऔँ । जनताको सर्वोच्च संस्थालाई त्यही थलको रुपमा अघि बढाऔँ ।”
तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)






