Monday, September 27, 2021
Your Ads Here
HomeBreaking Newsसरकार विस्तारमा अध्यादेश बाधक

सरकार विस्तारमा अध्यादेश बाधक

टेनिस रोका,
sharethis

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६० दिन नघिसकेको छ । उनले मन्त्रिपरिषद् पूर्णता दिन पटकपटक प्रयास गरे पनि सफल हुन सकेका छैनन् । पछिल्लोपटक अध्यादेश समस्याका रूपमा प्रस्तुत भएको हो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले अध्यादेश खारेज भएपछि सरकारमा सहभागिता जनाउने नीति लिएको छ । तर, सरकारलाई समर्थन गरेको अर्को दल नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने प्रधानमन्त्रीसामु अध्यादेश खारेज नगर्न अनुरोध गरेको छ ।

सरकारलाई समर्थन गरेका दुई दलका फरक मतका कारण प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नै समस्या उत्पन्न भएको हो ।

एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी गठन गरेकोमा नेपालसहितका १४ जना सांसदलाई एमालेले कारबाही गरेकोबारे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । त्यसकारण यो मुद्दाको टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न एकीकृत समाजवादीले देउवासँग आग्रह गरेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

एकीकृत समाजवादीले अदालतमा विचाराधीन मुद्दाको टुंगो नलाग्दासम्म अध्यादेश तत्काल खारेज गर्न नहुने जनाएको छ । जसपामा भने मन्त्रीहरूको चयन गर्दा सबैलाई चित्त बुझाउन नसकिने र फेरि पार्टी विभाजन हुन सक्ने भय देखिएको छ ।

जसपाबाट महन्थ ठाकुर बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् । मन्त्रीको भागबन्डामा विवाद बढेमा पुनः पार्टी विभाजन हुन सक्ने आशंकाका कारण जसपाले अध्यादेश खारेज गर्नुपर्ने बताएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमा नै दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । सिन्धुलीमाढीमा मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष यादवले अध्यादेशलाई खारेज गर्दै मन्त्रिपरिषद् विस्तार गर्नेतर्फ सत्ता गठबन्धन दल लागेको बताएका छन् ।

आर्थिक वर्षको सुरुमा नै मन्त्रालयहरूले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य काम भने प्रभावित बनेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 154 times, 1 visits today)

आजको समाचार

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे
आइतबार...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको...

अब माओवादी केन्द्रमा पनि अध्यक्ष र पदाधिकारी चयन निर्वाचनबाटै

  काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

ट्रेन्डिङ

‘गुञ्जन’को फष्टलुकमा प्रितमराज र साराको प्रेम

काठमाडौं । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा...

सिभिल बैंकको भीमसेनस्थान शाखा सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले नेपालबाट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)