Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रमुखएमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा  केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य र लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य रहेका छन् । निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य रहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

त्यस्तै  जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य सहभागी हुन पाउनेछन् । विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य र निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य सहभागी हुन पाउने छन् । जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।

तपाइको प्रतिक्रिया

(Visited 125 times, 2 visits today)

आजको समाचार

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

साताका लोकप्रिय समाचार

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ...

दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी...

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

ट्रेन्डिङ

सुनको मूल्य १ हजार ८०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला...

यूरोकपः इटालीलाई रोक्ने अस्ट्रियाको लक्ष्य

लन्डन । युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलका खेलहरू शनिबारदेखि सुरु हुँदैछ । पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’को उपविजेता वेल्स र समूह ‘बी’को...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)