यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी छिन् ।

तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

कीर्तिमय राष्ट्रद्वीप पाउने पत्रकारहरूमा ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाल रहेका छन् । यस्तै, प्रवल जनसेवाश्री पाउने पत्रकार/सञ्चारकर्मी/कार्टुनिष्टहरुमा बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार के.सी., मुकुन्द दाहाल, दिलभूषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवी मिश्र, अनिता बिन्दु, डा. बालकृष्ण चापागाई, माधव ढुंगाना, प्रकृति अधिकारी, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताल रहेका छन् ।

यसैगरी, जनसेवाश्री पाउने पत्रकार÷फोटोपत्रकार÷सञ्चारकर्मीहरूमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आँकाक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठ रहेका छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन