आजदेखि १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो ।

सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष माथिकालाई पनि खोप लगाउने मनत्रालयले जनाएको छ । साथै १८ वर्षमाथिका विद्यार्थीले पनि खोप पाउँने छन् । यस्तै रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी रहेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ असोजसम्म पहिलो मात्राको खोप लगाउन लागिएको हो । पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई ४ देखि १४ कार्तिकसम्म दोस्रो मात्रामा भेरोसेल खोप नै लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा