एकैदिन दुई कृति विमोचन

जुम्ला। जुम्लामा एकैदिन दुईवटा कृति बिमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच यहाँका दुई अग्रज स्रष्टाहरुद्धारा लिखित कृति विमोचन गरिएको हो । निजामती सेवामा रहेको कर्मचारी, लेखक खडानन्द चौलागाईद्धारा लिखित कविता संग्रह ‘अनियन्त्रित मनका बरालिएका सपनाहरु’ र पूर्वपत्रकार तथा लेखक पुरिचन्द्र देवकोटा लिखित संकलन संग्रह ‘साहित्यिक यात्रा २०७६’ को विमोचन गरिएको हो ।

उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्रीद्धय बल बहादुर महत र गोमा कुँवर लगायतले संयुक्त रुपमा कृति विमोचन गरे । उक्त अवसरमा बोल्दै मन्त्री भण्डारीले दुवैजनाको जिल्लाको साहित्यको क्षेत्रमा विषेश योगदान रहेको बताए ।

साहित्य समाजको ऐना भएको बताउँदै उनले साहित्यको माध्यमबाट समाज जागरणमा निकै ठूलो भूमिका रहने बताए । हाल चन्दननाथ नगरपालिका अन्तर्गत शिक्षा शाखामा कार्यरत चौलागाईको यो पाँचौ  कृति हो । यस अघि उनका कर्णालीको परिचय– २०६१,कर्णाली निबन्ध संग्रह –२०६५,मझेरीबाट हेर्दा कर्णाली–२०७४ र कर्णालीका आहान तथा उखान संग्रह– २०७५ प्रकाशित छन् ।

देवकोटाको यो तेस्रो कृति हो । यसअघि देवकोटाका कर्णाली दर्पण – २०७३ र रारा भ्रमण पदप्रदर्शक – २०७५ प्रकाशित छन् । विमोचन कार्यक्रममा बोल्दै चौलागाईले कर्णाली साहित्यको खानी नै भएको भन्दै यहाँ रहेका विविध पक्षमा रहेर आफूले लेख्दै आएको बताए ।

उनका अनुसार साहित्यको माध्यमबाट समाज विकासमा निकै टेवा पु¥याउन सकिन्छ । पहिल्लो पूस्ता साहित्य खोज र अनुसन्धानमा लाग्नु पर्ने उनको भनाई थियो । देवकोटाले पनि आफूले विगतमा सरकारी तथा क्रियाशिल पत्रकारिताबाट समाजलाई दिन नसकेका कुरा साहित्यको माध्यमबाट योगदान गर्न सकिन्छ भनेर लागि परेको बताए । उक्र कार्यक्रममा जिल्लास्थित साहित्यमा रुचि राख्ने साहित्यानुरानी, स्रष्टा र लेखकहरुको स्रष्टाहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 442 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय कौराहा सम्मेलन सुरु