राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले निर्धोलाई, सम्पन्नले विपन्नलाई तथा टाठाबाठाले निमुखालाई थिचोमिचो गर्ने, हेयको दृष्टिले हेर्ने प्रचलन बढ्न थालेपछि तत्कालीन मध्य देशका जनतामा समाजमा सबैले समान रूपमै बसोबास गर्न पाउनुपर्छ । कोही कसैबीच भेदभाव गरिनुहुँदैन भन्ने मानसिकता विकसित भयो । यसैको परिणाम कसैले कसैलाई अन्याय र थिचोमिचो गर्न नपाओस् । सबैले आआफ्नो पेसा व्यवसाय निर्धक्क रूपले सञ्चालन गर्न पाऊन् भन्ने उद्देश्यले समाजकै रेखदेख गर्ने नाइके छान्ने निर्णयमा जनता पुगे । यस क्रममा नाइके बन्न रुचाउने व्यक्ति पनि धेरै देखापरे । तथापि, मध्यदेशकै जनताले व्यक्तिको विगतकै पृष्ठभूमिकै आधारमा पहिलो मनुलाई मध्य देशको नाइके चुने । यसरी जनताबाटै चुनिएका आर्यवंशका प्रथम मनु मध्यदेशकै पहिलो राजा बने ।

मनुले आफ्नो शासनकालमा अयोध्यालाई मध्यदेशको राजधानी बनाए । तत्कालीन मध्यदेश गंगानदी उत्तरमा पथ्र्याे । मध्यदेश तत्कालीन विदेह राज्यकै भूभागअन्तर्गत पथ्र्याे भन्ने दृष्टिकोण कतिपय भारतीय इतिहासकारको रहँदै आएको छ । कालान्तरको विदेह राज्य नै पछि तिरहुन हुँदै मिथिला राज्यमा परिणत भएको थियो । एकताका मिथिला राज्यको सीमा पूर्वमा कौशिकी नदी, पश्चिममा शालीग्राम नदी, उत्तरमा हिमालय पर्वत र दक्षिणमा भागिरथी गंगा नदीसम्म फैलिएको थियो । यस आधारले तत्कालीन मध्यदेशको राजधानी अयोध्या नेपालकै माडीस्थित अयोध्यापुरी हुन सक्ने सम्भावना पनि अनेकौं पाइएका छन् । प्रथम मनुलाई जनताले राजा छान्नुको कारण उनको स्वच्छ र उदार कार्यशैली नै थियो । राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भन्ने दृष्टान्त पनि करिब ५ हजार वर्ष पहिलेकै हो । स्मरण रहोस्, पहिलो मनुकै पुस्ताका ६४ पिँढीका राजा दशरथ थिए ।

मनुले प्रतिपादित गरेको कतिपय राजनीतिक सिद्धान्त मनुस्मृतिमा पनि पाइन्छ । मनुले प्रतिपादन गरेकै राजनीतिक मूल्यमान्यता समयानकूल हेरफेर, परिवर्तन एवं सुधार हुँदै आएका हुन् । जुन अहिले पनि उत्तिकै अनुकरणीय छन् । यसको मुख्य आशय नै राजनीतिक व्यक्तिको व्यवहार र कार्यशैली सबैका निम्ति उदार, लोकप्रिय र प्रभावकारी हुनुपर्छ भन्ने नै हो । तर, मनुको पालामा पूर्वबौद्धिक युगमा स्थापित भएको मूल्य मान्यता वैदिक युग, उत्तर वैदिक युग हुँदै अहिलेको अवस्थामा आइपुग्दा पूर्णरूपमा परिवर्तन भएको देखिन्छ । जसको कारण राजनीतिमा अहिले त कार्यशैलीको होइन व्यक्तिकै बढी महत्व हुन्छ भन्ने दृष्टिकोण विकसित भएको छ ।

नेपालको सन्दर्भमा राजनीतिक मूल्य मान्यताले भन्दा व्यक्तिले महत्व पाउने दृष्टिकोणले राजनीतिलाई विकृत अवस्थामा पु¥याएको छ । राजनीतिक गतिविधि देश र जनताको हितमा होइन दल र नेताकै हितमा सञ्चालित हुनुपर्छ, सार्वजनिक महत्वका विषयले भन्दा समूहगत स्वार्थले बढावा पाउनुपर्छ भन्ने मानसिकताले राष्ट्रिय राजनीति प्रभावित बन्दै आएको कारण अहिले जनतामा नैरास्यता छाएको छ । अहिले राजनीति जनसेवामा होइन आर्जनको पेसामा परिणत भएको । आमनागरिकको हितमा होइन राजनीति व्यक्तिगत एवं दलीय हितमा केन्द्रित भएको छ । जनअपेक्षा सम्बोधन गर्नुपर्ने राजनीतिले अहिले समूहगत एवं निजी अपेक्षा पूरा गराउँदै ल्याएको छ । मनुको शासनकालमा विकसित भएको राजनीति पूर्णरूपमा परिवर्तन भएको यो दृष्टान्त पनि हो । यहाँ राष्ट्रिय राजनीति मनुकै पालाको जस्तो हुनुप¥यो भन्न खोजिएको भने होइन । स्वार्थले राजनीतिलाई परिवर्तन गरायो भने आशय मात्रै व्यक्त गरिएको हो ।

विकास र परिवर्तन सँगसँगै जनचाहना अनुकूल राजनीति पनि परिवर्तन हुँदै आउनु स्वाभाविक हो । यसैले मनुको समयको राजनीतिले अहिलेको जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । यसले अहिले राज्यलाई गति दिन नसक्ने भएकाले यसमा समसामयिक सुधारको आवश्यकता भएकैले विश्वका सबै मुलुकहरूमा समय समयमा राजनीतिक परिवर्तन हुँदै आएका हुन् । तर, राजनीति परिवर्तन हुँदै आए पनि राजनीतिको आधारभूत मान्यता जनताको हित र भलाइ, सुशासन, शान्तिसुरक्षा र जनअधिकारको सुनिश्चितता भने सधैं अपरिवर्तनीय हुन्छन् । यसमा समयानकूल सुधार गरिए पनि राजनीतिले यस आधारभूत मान्यतालाई सधैं संवेदनशील ठान्नुपर्छ । नाममा राजनीतिक व्यवस्था जुनसुकै भए पनि राजनीति आधारभूत लक्ष्य उन्मुख भएन भने त्यो वास्तविक राजनीति ठहरिँदैन । यसको निम्ति राजनीतिज्ञ उद्देश्य र कार्यशैलीको विशेष महत्व हुन्छ । उद्देश्य र कार्यशैलीभित्र पनि व्यक्तिको नियत, इमानदारिता, स्वच्छ र पारदर्शी कार्यशैली हुनै पर्छ । यो राजनीतिज्ञमा हुनैपर्ने मुख्य विशेषता नै हो ।

संसद्भन्दा दललाई ठूलो मान्ने, दलभन्दा नेता ठूलो मानिने, शीर्षस्थ नेता त सबैभन्दा ठूलो ठानिने प्रवृत्तिले कार्यकारी प्रधानमन्त्री नै दल र संसद्को नियन्त्रणबाहिर लगामबेगरको घोडाजस्तो मैमत्ता हुँदै आएका छन्

पछिल्लो समयमा राजनीति आकर्षक फेसन बन्दै छ । यसैले यसलाई सबैले प्रयोग गर्न चाहन्छन् । राजनीतिको प्रयोग पनि दुई प्रकारले हुने गरेको छ । पहिलो त व्यक्ति स्वयं राजनीतिमा आबद्ध भई आफ्नो हैसियत र पहुँचकै आधारमा स्वार्थमा राजनीतिको प्रयोग गर्ने । दोस्रो प्रत्यक्ष रूपमा राजनीतिमा व्यक्ति सरिक नभए पनि राजनीतिकर्मीलाई विविधि प्रलोभन देखाई आफ्नो स्वार्थमा प्रयोग गराउने । राजनीतिकर्मीहरू जसरी दलगत एवं व्यक्तिगत स्वार्थमा आबद्ध हुँदै आएका छन् । उसैगरी सर्वसाधारणले पनि राजनीतिकर्मीलाई आफ्नो हितमा प्रयोग गर्ने प्रवृत्ति पनि बढ्दै आएको छ । राजनीतिक उतारचढाव जनअपेक्षामा आधारित हुने भएकाले जनता नै राजनीतिक परिवर्तनका द्योतक छन् ।

जनभावना भन्ने कुरा सधैं स्थिर रहिरहँदैन । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा देखापर्ने परिवर्तनकारी गतिविधिले विश्वकै नागरिक तत्कालै प्रभावित हुन्छन् । सञ्चार साधनमा आएको परिवर्तन र आधुनिकीकरणले विश्वलाई नै एक सूत्रमा समेटेको हुँदा हाम्रा दैनिक गतिविधि क्षणभरमै विश्वव्यापी बन्न सक्छन् । विश्वमा आउने सकारात्मक राजनीतिक परिवर्तन सबैका लागि शिक्षाप्रद मानिन्छ । विश्वप्रसिद्ध दार्शनिक एवं राजनीतिक चिन्तकहरूले प्रतिपादन गरेको राजनीतिक सिद्धान्तको स्रोत पनि सामाजिक मनोभावना नै हो । जसलाई सम्बोधन गर्ने उद्देश्यले नै राजनीतिक मूल्यमान्यता विकसित हुँदै आउँछन् । समयानकूल यसमा परिवर्तन हुँदै आएको छ ।

प्रारम्भको मनुकै पालाको राजनीतिक दर्शन र पछिका राजनीतिज्ञद्वारा प्रतिपादित सिद्धान्तको मूल आशय पनि एकै हो । जसले राजनीतिज्ञको स्वच्छ, इमानदार कार्यशैली नागरिक हितमै प्रयोग होस् भन्ने कुरालाई नै निर्दिष्ट गर्छ । सामान्य रूपमा व्यक्ति, विचार र कार्यशैली भन्नासाथ व्यक्ति विशेषमै सीमित रहने कुरा भएकाले एकै जस्तो लाग्छ । तर, व्यक्तिले गर्ने कामकार्यको अवस्थाबाट यसबीचमा हुने भिन्नता पहिचान हुने भएकाले यसले व्यक्ति विशेषको चिनारीलाई नै परिवर्तन गर्न सक्छ । चाहे राजनीतिज्ञ होस् वा अन्य नामले मात्रै कोही पनि लोकप्रिय बन्न सक्दैन । लोकप्रियता व्यक्तिको स्वरूपमा होइन सकारात्मक सोच र कार्यशैलीमा निर्भर रहन्छ । राजनीतिक व्यक्तिको कार्यक्षेत्र समाज र जनभावनासँग सम्बन्धित हुने भएकाले राजनीतिज्ञको विचार र कार्यशैलीको विशेष महत्व हुन्छ ।

राजनीतिज्ञको पहिलो विशेषता नै आफैंलाई सकारात्मक एवं स्वच्छ नजरले हेर्ने हो । सकारात्मक सोच, सद्चरित्र, सेवा भावना तथा सार्वजनिक भलाइ राजनीतिज्ञमा हुनुपर्ने मुख्य विशेषता हुन् । यस्तो विशेषता भएको व्यक्तिको कार्यले जनभावनालाई सम्बोधन गर्छ । जनभावनाले स्थानीय समाजकै प्रतिनिधित्व गर्छ÷गर्दैन भन्ने कुराको राजनीतिज्ञले विश्लेषण गर्नु पनि उत्तिकै जरुरी छ । सार्वजनिक हितका निम्ति सञ्चालित कार्यक्रमको पनि सकारात्मक र नकारात्मक पक्षबारे कार्यान्वयन गर्नु पहिले नै विस्तृत रूपमा विश्लेषण गरिनुपर्छ । यसैले सामाजिक दृष्टिकोणलाई तिरस्कृत नगर्ने । सयौं व्यक्तिले एउटै कुरा भने पनि कुनै व्यक्तिको त्यसप्रतिको दृष्टिकोण फरकै भए पनि निजको अवधारणाबारे उत्तिकै गहन दृष्टिले राजनीतिज्ञले हेर्नुपर्नेहुन्छ ।

अहिलेको अवस्थामा स्वार्थरहित राजनीतिज्ञ पाउनै कठिन छ । संख्यात्मक रूपमा राजनीतिज्ञको संख्या दिनानुदिन बढ्दो छ । तर, राजनीतिक मूल्यमान्यतालाई अनुसरण गर्ने इमानदार व्यक्तिको संख्या भने घट्दो क्रममा छ । यसो हुनुको प्रमुख कारण स्वार्थ नै हो । स्वार्थले व्यक्तिलाई लाभान्वित बनाउने भएकोले लाभ प्राप्त गर्नकै निम्ति राजनीतिप्रति व्यक्तिको आकर्षण बढेको हो । स्वार्थ केन्द्रित राजनीतिले राजनीतिक क्षेत्रलाई नै दुर्गन्धित बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा हाम्रो राजनीतिक वातावरण नै स्वार्थ केन्द्रित भइसकेको छ । स्वार्थकै पकडमा दृढ राजनीतिज्ञ पनि विचलित बन्न थालेका छन् । यसैले स्तरहीन राजनीतिज्ञकै संख्या बढाइरहने कि ? उनीहरूलाई पाखा लगाई दक्ष र सुयोग्य राजनीतिज्ञलाई पछ्याउने ? भन्ने कुराको निर्णय गर्ने अधिकार पनि जनतामै रहेको छ । यसका निम्ति सर्वसाधारण नागरिक नै संवेदनशील बन्नुपर्छ ।

प्रथम मनुलाई जनताले राजा छान्नुको कारण उनको स्वच्छ र उदार कार्यशैली नै थियो, राजनीतिमा व्यक्ति नभई कार्यशैलीको महत्व हुन्छ

वास्तवमा व्यक्तिको मानसिकताकै परिवर्तन नभएसम्म राजनीतिक व्यवस्था परिवर्तनको कुनै महत्व हुँदैन । हाम्रो पछिल्लो व्यवस्था परिवर्तन कुरा गर्ने हो भने निर्दलीय पञ्चायती व्यवस्थाको ठाउँमा बहुदलीय संघीय लोकतान्त्रिक व्यवस्था आयो । यही व्यवस्थाले राजाको ठाउँमा राष्ट्रपतिलाई राष्ट्राध्यक्ष बनायो । जनचाहना मुताबिकै बहुदलीय व्यवस्था आएकाले यस व्यवस्थाको आवश्यकता र महत्वबारे नेताले घन्काउँदै आएको नारा व्यवस्था स्थापित भएपछि पूरा हुने जसले आफ्नो कल्याण गर्ने जनताले विश्वास गरेका थिए । व्यवस्था परिवर्तन सँगसँगै कार्यशैली पनि परिवर्तन हुने भएकाले त्यो देश र जनताको हितमा हुन्छ भन्ने जनदृष्टिकोण पूरा भएन किन ? यो जनताले नै मूल्या)कन गर्दै आएका छन् । लोकतन्त्रले नेताकै शब्दको युगान्तकारी परिवर्तन किन ल्याएन ? त्यसको कारण के हो ? परिवर्तनको बाधक को हो ? भन्ने कुरा जनताले नबुझेका होइनन् । यसको जनमानसबाट आउने सटिक जवाफ व्यवस्था परिवर्तन भयो तर नेताको प्रवृत्तिमा कुनै परिवर्तन भएन भन्ने नै हो ।

लोकतन्त्र ल्याउन लागिपरेका दलहरूमध्ये अग्रपंक्तिमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी नै हुन् । यिनै दलका शीर्षस्थ नेताले लोकतन्त्र स्थापित गरेर जनभावना अनुकूलै राज्य सञ्चालन गरी देश र जनताको कल्याण गर्छौं भनी वचबद्धता प्रकट गरेकाले जनताले पनि विश्वास गरेरै साथ दिए । मुलुकमा लोकतन्त्र स्थापित भएको १३ वर्ष बितिसकेको छ । १३ वर्षको अवधिमा आमूल परिवर्तन त होइन । विकासको स्थिर मापदण्डसम्म नेताले तयार पारेनन् । राजनीतिक अन्योल र अस्थिरता भित्रैबाट व्यक्तिगत एवं समूहगत लाभ मिल्ने नियतले यसैलाई निरन्तरता दिन शीर्षस्थ नेताहरू नै लागि पर्दै आएको देखिन्छ ।

मुलुक बनाउने दीर्घकालीन नीति तय गरिए जुनसुकै दल सत्तामा पुगे पनि दीर्घकालीन नीति अनुरूपै राज्य सञ्चालन गर्नुपर्ने बाध्यता आउने भएकाले, व्यक्तिगत एवं समूहगत हित नहुने, मनमौजी एवं स्वैच्छाचारी ढंगले सत्ता सञ्चालन गर्न नपाइने नेताको बुझाइ छ । मुलुकको स्थिरताको बाधक पनि शीर्षस्थ नेताहरू नै बन्दै आएका छन् । सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद् नै व्यक्तिको पकडमा परेको छ । सांसद नै व्यक्तिकै कठपुतली बन्दा जनभावना नै कुण्ठित भइरहेको छ ।

संसद्लाई भन्दा दललाई ठूलो मान्ने, दलभन्दा नेता ठूलो मानिने, शीर्षस्थ नेता त सबैभन्दा ठूलो ठानिने प्रवृत्तिले कार्यकारी प्रधानमन्त्री नै दल र संसद्को नियन्त्रण बाहिर लगाम बेगरको घोडाजस्तो भैमत्ता हुँदै आएका छन् । यसको जड पनि कार्यशैलीले भन्दा व्यक्तिले महत्व पाएरै हो । यसैले वर्तमान गठबन्धन सरकारले व्यक्तिलाई होइन कार्यशैलीलाई महत्व दिने मान्यतालाई व्यवहारमा स्थापित गराओस् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्धा
पशुसेवा विज्ञ केन्द्रले दियो ८२ किसानलाई अनुदान
उपभोक्ताको घरघरमा ग्यास पु-याउने व्यवस्था
युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका
बलात्कार गरेको आरोपमा गोकर्णेश्वरबाट दुई जना पक्राउ
बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी