राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता र ९ बर्षीय छोरा कृष्णको सर्पदंशले ज्यान गएको हो ।
राति सुतेको अवस्थामा मंगलबार बिहान ओछ्यानमै दिदीभाइको मुखबाट फिज आएको तथा अचेत अवस्थामा देखेपछि आफन्तले तत्कालै लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल पु-याएका थिए । उपचारकै क्रममा सुनिताको मृत्यु भएको थियो । सुनिताको मृत्यु पश्चात आफन्तले कृष्णलाई उक्त अस्पतालबाट थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पु-याएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
वडा अध्यक्ष रामअबतार साहले दिदीभाई सुतिरहेका बेला सर्पले टोक्दा सो दुःखद घट्ना भएको सुनाए । प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल पठाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






