काठमाडाैं । काठमाडौंको कपनबाट चार वर्षका बालक हराएका छन् । भारत घर भइ कपनमा बस्दै आएका विनोद शर्माका छोरा पियुस हराएका हुन् ।
सोमबार दिउँसो साढे चार बजे छोराको अपहरण भएको भन्दै बुवा विनाेदले महानगरीय प्रहरी परिसर बुढानिलकण्ठमा निवेदन दिएका छन् ।
प्रहरीले नजिकै रहेको टहरोमा बस्दै आएका शंकर दासले बालककाे अपहरण गरी लगेको आशंका गरेकाे छ । अपहरणमा परेका बालक र अपहरणमा संलग्न भनिएका दास दुबैको घर भारतमा रहेको बुझिएको छ ।
सोमबार दिउँसो साढे चार बजेबाट बालकलाई लिएर दास वेपत्ता भएका छन् । मोबाइल समेत आफ्नै कोठामा छाडेर बालक लिएर वेपत्ता भएको प्रहरीले जनाएको छ । सोमबारदेखि वेपत्ता भएपछि प्रहरीले उनको खोजी जारी राखेको छ तर अहिलेसम्म दास र बालकलाई फेला पार्न सकेको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 616 times, 1 visits today)






