दिल्लीको आकाशे पुलमुनि फँस्यो एयर इन्डियाको विमान !

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ ।

दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै बिक्री भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जनाएको छ ।

‘यो एयर इन्डियाको दर्ता नभएको विमानको कप्टेरो हो, जसलाई कबाडीमा बिक्री गरिएको थियो । किन्ने पक्षले गत राती त्यसलाई लगेका थिए । जुनसुकै अवस्थामा भए पनि त्यस’bout एयर इन्डियाको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ ।

दिल्ली विमानस्थलका अधिकारीहरुले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार संस्था दी टाइम्स अफ इन्डियाले जनाएको छ । विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

भिडियोलाई ट्विटर र सामाजिक सञ्जालमा हजारौं पटक हेरिएको छ । विमान कसरी पुलमुनि फँस्यो भन्दै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी