मनसुन बाहिरन थाल्यो, दसैंमा पानी पर्दैन

काठमाडौं । नेपालको पश्चिमी भुभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।

लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । केही दिनभित्र पूर्वी नेपालबाट पनि मनसुन बाहिरिएसँगै बर्खा पूर्ण रुपमा सकिनेछ ।

‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ।’

शनिबार बिहान प्रदेश १ र बाँकी पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।

शनिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु