कर्मचारीकै सहयोगमा लागुऔषध तस्करी

महोत्तरी । महोत्तरीको भन्सारनाकाबाटैबाट लागुऔषध नसालु पदार्थ भांग कर्मचारीकै सहयोगमा तस्करी हुने गरेको तथ्य खुलेको छ । कर्मचारीको सहयोगमा तस्करहरुले खुलेआम भारतबाट नसालु पदार्थ भांग तस्करी गर्ने गरेको पाइएको हो ।

सशस्त्र प्रहरी बल बीओपीमटिहानीका सशस्त्र प्रहरीका टोलीले मटिहानी दशगज्जा क्षेत्रबाट पटकपटक गरी तस्करी गरिहेकै अवस्थामा एक सय किलोग्राम लागुऔषध भांग नियन्त्रणमा लिएपछि सो प्रकरण बाहिर आएको हो । तस्करहरुले भन्सार कर्मचारीकै मिलोमतोमा भन्सार छली मटिहानी नैनही, खयरा मरुवाही सम्सी जलेश्वर बथनाहा खैरबन्नी र रघुनाथपुर नाकाबाट भांग नेपालतर्फ तस्करी हुने क्रम बढेको हो  ।

नेपाल–भारत सिमा मटिहानीदेखी खैरबन्नीसम्म सशस्त्र प्रहरीको आधा दर्जन बोर्डर आउट पोष्ट छ । सँगै जनपद प्रहरी पनि तैनाथ छ । तर ती सबै चेकपोष्ट पार गरेर भन्सार कर्मचारीकै मिलोमतोमा दैनिक चार सय किलोग्राम भांग पास गराउने गरेका छन् । यहाँका व्यापारीले भारतको मधवापुर भिठामोर सुरसण्ड र कन्माबाट साइकल र मोटरसाईकलमा दैनिक भाँग ल्याउने गरेका छन् । यहाँबाट भांग जनकपुर पोखरा, काठमाडौं, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण