जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयाे

जनकपुरधाम । बलिको विरोध भइरहँदा दा पनि जनकपुरधामको प्रसिद्ध राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएकाे छ ।

बुधबार राति ८ बजे ५ मिनेटमा सुरु भएको बलि दिइने कार्यक्रममा बिहीबार बिहान साढे ३ बजेसम्म चलेको थियो । राजदेवी मेला समितिका अनुसार यसवर्ष दशैको महाअष्टमीमा राजदेवि मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएकाे छ ।

गतवर्ष कोरोना महामारीका कारण ८ हजार ९६८ वटा मात्रै बोका बलि प्रदान गरिएको थियो । बोका बलि दिन नेपाल तथा छिमेकी मुलुक भारतका श्रद्धालु भक्जनहरूको आएका थिए । गतवर्ष कोरोना महामारीका कारण सीमावर्ती क्षेत्र र ग्रामीण क्षेत्रबाट न्यून संख्यामा श्रद्धालु भक्तजनहरू आएका थिए ।

दसैँको घटस्थापनादेखि नै जनकपुरधामका राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरुको पूजापाठ हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज