पत्नी हत्या कसुरमा २० बर्ष कैद

दैलेख । पत्नी हत्या गरेको कसुरमा सुर्खेत लेकबेसी नगरपालिका ८ साटाखानीका ३० बर्षिय नवलंिह विरकट्टालाई दैलेख जिल्ला अदालतले श्रीमानलाई २० वर्ष कैद र रु १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । दैलेखको चामुण्डा माईत भएकी २३ वर्षीया रत्ना रावतको हत्या गरेको कसुरमा पति नवलसिंहलाई अदालतले सो फैसला गरेको हो ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार हत्या कसुरमा फैसला गरेको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । हत्या गरिएकी रत्ना रावतका आफन्तले क्षतिपुर्ति रकम पाउने आर्चायले बताए ।

चार वर्षअघि चामुण्डा विन्द्रासैनी नगरपालिका एक युवा सँग विहेगरि भारतको गडुवाल पुगकी रत्नाकोे नवलसिंह माया प्रेम बस्यो । विहे गरेको श्रीमानलाई छोडेर नवलसिंह र रत्ना विहे गरि सिम्ला गए । सिम्लाबाटै दुईजना सुर्खेत साटाखानीको घरमा गएको जेठ महिनामा आईपुगे । रत्नाबाट सन्तान नजन्मिएकाले नवलसिंहले दोस्रो पत्नि विहे गरे । रत्ना र दोस्रो विहे गरेकी बिच असमझदारी बढदै गयो । रत्ना माईतघर चामुण्डा गईन ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका –३ पुनडाँडामा रहेको माईतीघर आएको ३ दिनपछि २०७६ जेठ ९ मा गोठाला गएको मौका पारी सोही नगरपालिका १ को काफलगैरामा नवलसिंहले हत्या गरेको प्रहरी अनुसन्धान र घटना प्रकृतिले पुष्टि गरेको अदालतको फैसलामा उल्लेख छ । घटनाको दोस्रो दिन नवलसिंहले रत्नाको शव काफलगैरामा भेटिएको भनि भारतको रुपडिया पुगेर टेलिफोनमा खबर छोडेको आधारमा शव फेला परेको थियो । मृतकको शव परीक्षण दुल्लू अस्पतालमा भएको थियो । शव परीक्षण प्रतिवेदनमा घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।

पीडित पक्षले गएको जेठ ११ गते कर्तव्य ज्यान अर्थात् हत्या आरोपमा नवलसिंह विरुद्ध उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतको सिमलाबाट पक्राउ गरि दैलेख ल्याएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी