विराटनगर । केही दिनयता पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । साथै जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ । नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ ।
बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)







