साराले राेहितलाई भेटेर भनिन्, मलाई एक चान्स दिन पर्याे

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका दुई फिल्मले साराको अभिनय क्षमतालाई दर्शकमाझ प्रस्ट्याए ।

अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीको रूपमा चिनिएकी साराले आफूलाई बलिउडमा स्थापित बनाउन सफल भइन् । आफ्नो छुट्टै नाम बनाएकी साराले बलिउडमा डेब्यु पनि आफ्नै दमबाट गरेकी हुन् । उनलाई बलिउडमा फिल्म कसरी प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

उनी सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठेरो भएन भन्ने अनुमान स्वाभाविक नै छ । तर, यस’bout एक अन्तर्वार्तामा निर्देशक रोहित शेट्टीले नै बताएका छन् । ‘एकदिन साराको फोन आयो र उनले मलाई भेट्ने आग्रह गरिन्, अनि मैले उनलाई अफिसमा बोलाएँ’, सारासँगको पहिलो भेट सम्झिँदै रोहितले भने, ‘उनले मलाई बलिउडमा चान्स दिन आग्रह गरिन्, उनको प्यासन देखेर मैले नाइँ भन्न सकिनँ ।’

रोहितले उनलाई फिल्म सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुवैले केही भनेनन् । तर, सारामा प्रतिभा छ, स्थापित हुन्छिन्’ उनले साराको प्रशंसा गर्दै भने ।

सन् २०१८ को अन्त्यमा उदाएकी साराले बलिउडमा आफूलाई विस्तारै अगाडि बढाउँदै छन् । उनले लभ आजकल, कुली नम्बर वान जस्ता फिल्ममा काम गरिसकेकी छन् भने उनको अतरंगी रे नामक फिल्म रिलिजको पर्खाइमा छ ।

उनले रणवीर सिंह, सुशान्तसिंह राजपूत, कार्तिक आर्यन, वरुण धवन, अक्षय कुमारलगायतका बलिउड स्टारसँग काम गरिसकेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँ मनाएर काठमाडौं उपत्यका फर्किने बढ्दै