१४ लाखका अखाद्य सामाग्री नष्ट
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौको अनुगमन टोलीले बुधबार काठमाडौको टोखा– ५ मा रहेको गोल्डेन नेपाल सप्लायर्स मा छापा मारेको छ ।
प्रशासनको टोलीले सो सप्लायर्समा छापा मारि म्याद सकिएर पनि रिलेवलिङ गरिएका १४ लाख मूल्यका विभिन्न अखाद्य सामाग्री जफत गरि नष्ट गरेको हो। काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेहरुमाथि प्रशासन कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । केहि व्यापारीहरुले काठमाडौका विभिन्न स्थानमा म्याद सकिएका खाद्य सामाग्रीहरु पुन रिलेवलिङ गरेर बिक्री वितरण गरि नागरिकको स्वास्थ्य माथि खेलवाड गर्दै आइरहेका छन् । काठमाडौ प्रशासनले त्यस्तो अपराधपुर्ण कार्य गर्ने माथि कडा एक्सन गर्दै आइरहेको छ । सोही अनुसार काठमाडौको प्रशासन टोलीले मंगलबार टोखा स्थित गोल्डेन नेपाल सप्लायर्समा छापा मारेको हो। प्रशासनले सो सप्लायर्सलाई ३ लाख जरिवाना समेत गराएको छ ।
काठमाडौ प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति समेत बनाएर अनुगमनलाई शसक्त पारेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी रिजालले अन्य स्थानमा समेत रिलेवलिङ गरि अखाद्य सामाग्री विक्री वितरण गर्नेहरुको ’boutमा सुचना प्राप्त भएकाले त्यस सम्वन्धमा सूक्ष्म अनुगमन थालिएको र पत्ता लगाएर कडा कारवाही गरिने प्रतिवद्धता जनाए ।






