रावलको खुलासा: १० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्काे अध्यक्ष बनाउने सहमति भएको खुलाएका हुन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएको र उल्टै सहमतिको औचित्य सकिसकेको बताएपछि उपाध्यक्ष रावलले उच्चस्तरीय कार्यदलबाट राजीनामा दिँदै यस्तो खुलासा गरेका हुन् ।

तर २७ असारमा भएको १० बुँदे सहमतिका बुँदामा दुई अध्यक्ष बनाउने विषयमा केही उल्लेख छैन । १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तेस्रो धारका नेताहरू नेपालको साथ छोडेर एमालेमै बसेका थिए ।

सो सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी हुँदासमेत अध्यक्ष ओलीले १० बुँदे औचित्यहीन भएको बोल्ने गरेकाले आफूले राजीनामा दिएको रावलले जनाएका छन् ।

रावलले बुझाएको राजीनामा पत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘१० बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीमा दुई जना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो । यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुुनुका साथै ६ साउनमा अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

सो सहमति’bout नेपाललाई जानकारी गराउने तथा भोलिपल्टै दुई जना नेताबीच कुराकानीका लागि स्थान निर्धारण गर्ने जिम्मेवारी आफूले पाएको उनले दाबी गरेका छन् ।

सोही निर्णय’bout नेपाललाई जानकारी गराउनुका साथै कुराकानीका लागि स्थान’bout कुरा भएको तर भोलिपल्ट पुष्पलाल स्मृति दिवस परेकाले दुवै जना नेताहरू कार्यक्रममा व्यस्त रहने स्थिति हुँदा कुराकानी हुन नसकेको उनले जनाएका छन् ।

रावलको राजीनामा किन ?
एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । यसअघि उनले मौखिक रूपमा राजीनामा दिने उद्घोष गरेका थिए । लिखित राजीनामा दिएका रावलले सो सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको जनाएका छन् ।

नेता रावलले राजीनामा दिँदै भनेका छन्, ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउनेतर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिनेगरी सार्वजनिक रूपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकाले कार्यदलमा रहिरहनुको औचित्य नदेखिँदा स्थायी कमिटीको बैठकमा गरेको घोषणाअनुरूप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेस गरेको छु ।’

उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गत १० कात्तिकमै लिखित राजीनामा पेस गरेको बताएका छन् । एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न १० बुँदे सहमति भएको थियो । सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट सो सहमति अनुमोदन भएको थियो ।

साथै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए । नेता रावलले भनेका छन्, ‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यस’bout मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो । एमालेको सिंगो पंक्ति मात्र होइन, वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ ।’

५ कात्तिक २०७८ मा तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अपानि १२ कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा सहमतिका लागि गरिएका प्रयत्न १० बुँदे सहमतिको अवस्था’bout यथार्थ चित्रण गर्दै लिखित रूपमा जानकारी गराएको नेता रावलले बताएका छन् ।

उनले भनेका छन्, ‘तत्पश्चात् त्यस विषयमा विचार व्यक्त गर्नु हुने स्थायी कमिटीका सबै नेताहरूले सहमतिको शीघ्र कार्यान्वयन र समस्या समाधानमा जोड दिनुभएको थियो । तर, सो विषयमा पार्टी अध्यक्षबाट निष्कर्ष प्रस्तुत गर्ने सिलसिलामा स्थायी कमिटीका सदस्यहरूको धारणा र सुझाव तथा विगतका अनेकौं छलफल, सहमति र निर्णयको कार्यान्वयनप्रति सकारात्मक धारणा नराखी १० बुँदे सहमति र अपानि–१२ को औचित्य नरहेको अर्थ लाग्ने अभिव्यक्ति दिनुभएकाले त्यसप्रति मैले विमति जनाएको थिएँ ।’

पछिल्लो समय एमालेभित्र १० बुँदे कार्यान्वयन नहुँदा पार्टीभित्र विवाद चर्किंदै गएको छ । पार्टीको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा चर्किएको विवादले नेताहरूका बीचमा दूरीसमेत बढाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप