काठमाडाैंमा नौ बजेपछि देउसी–भैलो खेल्न नपाइने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्वारा आज जारी जारी विज्ञप्तिमा भनिएको छ ।

मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिकस्थलमा होहल्ला झैझगडाजस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । पटकाजस्ता विस्फोटक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ । विज्ञप्तिमा तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी