कोरोनाले रोकेन बागी ३ का दर्शकलाई

 

मुम्बई। टाइगर श्राफको फिल्म ‘बागी–३’को व्यापारमा कोरोना भाइरसको संक्रमण त्रासका कारण प्रभाव पर्ने डर निर्मातालाई थियो । तर, फिल्मले पहिलो र दोस्रो दिन राम्रो व्यापार गरेको छ ।

यो फिल्मले पहिलो दिन शुक्रबार भारतमा १७ करोड ५० लाखको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । पहिलो दिनको व्यापारको तुलनामा दोस्रो दिन अझ राम्रो भएको बताइएको छ ।

‘कोरोनाको कहरले सबै त्रसित भएको बेला हाम्रो फिल्म हर्न दर्शकलाई कोरोनाले रोकेन । फिल्मले देशभरि उत्साहजनक व्यापार गरेको छ ।’ बागी ३ का निर्देशक अहमद खानले सञ्चारकर्मीसँग शनिबार भने ।

खानको भनाइमा फिल्मको अग्रिम बुकिङ त्यति राम्रो थिएन । तर, दर्शकले सिनेमा हलको काउन्टरमा आएर टिकट लिएको उनले बताएका छन् ।

फिल्म हलमा आएका दर्शक सबै मास्कमा छन् । फिल्म हेर्न हलभरी दर्शक भए पनि उनीहरूले पहिलोको तुलनामा हलमा पपकर्न लगाएको खानेकुरा नखाएको हल सञ्चालकले बताएका छन् । सुरुमा फिल्मले पहिलो दिन २० करोडको व्यापार गर्ने अनुमान वितरकको थियो । तर, कोरोनाको त्रास र अग्रिम बुकिङमा आएको कामीले यो फिल्मको व्यापार बिग्रने आशंका गरिए पनि पहिलो दिनको व्यापारले आफूहरू सन्तुष्ट रहेको निर्माण पक्षको कथन छ ।

फिल्मको व्यापारले अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपुर पनि खुसी छन् । यो फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, विजय शर्मा, अंकिता लोखन्डेलगायतको मुख्य भूमिका छ । यस अघि बागी र बागी २ हिट भएपछि बागी ३ निर्माण गरिएको हो । यो फिल्मको एक्सनको दर्शकले प्रशंसा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा