काठमाडौं । चैत २२ मा आयोजना हुने भनिएको १०औं नेफ्टा फिल्म अवार्डसँगै अवार्डको मनोनयन स्थगित गरिएको छ । आयोजक नेपाल चलचित्र प्राविधिक संघले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको उच्च सतर्कतालाई मध्यनजर राख्दै अवार्ड स्थगित गरिएको जनाएको छ ।

‘विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणप्रति सचेत हुँदै नेपाल सरकारले भिडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न अपिल गरेकाले हामी पनि हाम्रो कार्यक्रम निर्धारित मितिमा गर्न असमर्थ भएका जानकारी गराउँछौं ।’ शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राविधिक संघले नेफ्टा अवार्डको २७ फागुनमा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । सरकारले गरेको अनुरोधअनुसार मनोनयन कार्यक्रम स्थगित गरेको संघका अध्यक्ष पुष्कर लामाले जनाए ।

मनोनयनसँगै आगामी २२ चैत्रमा टुँडिखेलमा हुने अवार्ड प्रदान समारोह पनि स्थगित भएको छ । यो अवार्डको नयाँ मिति’bout पुनः जानकारी गराउने संस्थाले जनाएको छ ।

अवार्ड संयोजक सुष्मा पौडेल (गीता)का अनुसार विगतका वर्षहरूमा विदेशी सहरमा हुँदै आएको अवार्डलाई यसपटक नेपाल भ्रमण वर्ष कार्यक्रमअन्तर्गत मुलुकमा गर्न लागिएको हो,‘अवार्ड कार्यक्रमको भब्य सुरुवात लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदै तिथि र मिति परिवर्तन भए पनि सभ्य र भव्य रूपमा कार्यक्रम गर्ने जानकारी गराउँछौं ।’ कार्यक्रम संयोजक गीताले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

संसदमा अब दोहोरिने छैन ‘जबरा नियति’