काठमाडौँ । कवि ईश्वर थोकरको दशौँ कृतिका रूपमा कवितासङ्ग्रह ‘अमृत्यश्वरी’ सार्वजनिक भएको छ । बाल्यकालकी संरक्षक तथा गुरुआमाप्रति समर्पित उक्त सङ्ग्रहमा १४ वटा कविता समावेश छन् ।
कवि थोकरले आफ्नी गुरुआमाप्रति समर्पणभाव व्यक्त गर्दै उक्त कवितासङ्ग्रह तयार गर्नुभएको हो । पुस्तक अष्टमान थोकरले प्रकाशन गर्नुभएको छ ।
‘तामाङ साहित्य पुरस्कार–२०७१’बाट पुरस्कृत थोकरका यसअघि ‘पिङ्गाई’ (गजलसङ्ग्रह, २०६८), ‘प्लिक्सी’ (कवितासङ्ग्रह, २०६९), ‘नोरी’ (कवितासङ्ग्रह, २०७४), ‘सिरिया’ (कवितासङ्ग्रह, २०७५), ‘वाला सुइटर’ (संस्मरणसङ्ग्रह, २०७५), ‘ल्हुइला गोङमा’ (संस्मरणसङ्ग्रह, २०७६), ‘लीला’ (शृङ्खला कवितासङ्ग्रह, सन् २०२१), ‘प्रेमको आदिम गीत’ (संयुक्त कवितासङ्ग्रह, सन् २०२५) र ‘आमा’ (शृङ्खला कवितासङ्ग्रह, २०८२) प्रकाशित छन् ।
कविता र संस्मरण लेखनसँगै अनुवाद तथा सम्पादनमा पनि थोकर सक्रिय हुनुहुन्छ । उहाँको अनुवादमा ‘याङ्जी थोकरका बालकथाहरू’ प्रकाशित भएको छ भने ‘राष्ट्रिय भाषाका गजलहरू’ (२०६७) र ‘चन्द्रमा ः भाग–२’ (२०८१) उहाँले सम्पादन गर्नुभएको छ ।
‘अमृत्यश्वरी’सँगै थोकरका मौलिक तथा संयुक्त साहित्यिक कृतिको सङ्ख्या दश पुगेको छ ।
सम्बन्धित समाचार
स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह
भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा
कियारा अभिनित टक्सिकको पोस्टर रुचाए दर्शकले
‘गौंथली’ बन्यो सर्वाधिक कमाउने १२औं फिल्म
गायक थानेश्वरको स्वरमा आयो ‘लज्जावती’ को मर्मस्पर्शी गीत
ऐतिहासिक फिल्म ‘आमा’ को विशेष प्रदर्शन






