दोस्रो शित यूद्धको कहरमा अमेरिका र चीन

संसार अहिले चीन र अमेरिकाको टकहराटले आक्रान्त देखिन्छ । सन् १९८९ देखि हेनरी किसिन्जर र निक्सनको पदचाप र सहानभूतिले गर्दा चीन र अमेरिकाको सामीप्यता र समधुरता वढेको थियो । भूमडलीकरण र खुला बजारलाई प्रचूर मात्रामा लाभ लिदै चीनले अमेरिका लगायत यूरोप, एसीया र अफ्रिकामा आप्mनो व्यापारीक कारोवार र सञ्चाल बढाउन सफल भयो । जनसंख्यीक लाभांष (डेमोग्राफीक डिभीडेन्ड) लाई प्रयोग गर्दै अमेरिकी प्रविधि, बजार, पू‘जीलाई उपयोग गर्दै चीनले आफ्नाे आर्थिक कायापलट गर्यो । २० वर्ष अगाडी संसारको जी.डि.पि १ हिसा भएको चीनले वर्तमान परिवेशमा १५५ भन्दा वढी वढाइसकेको छ । कालान्तरमा २०५ हुने अनुमान छ ।

अमेरिका र चीन विच घनीधुत रुपले व्यापारिक समवन्ध कढिरहेको वेला चीनले आप्mनो सामरिक नीतिमा कोल्टो फेरेको छ । अर्थात् पूर्वीय चीन सागरमा जापान र ताइवानसंग भिडन्तको अवस्था, दक्षिण चीन सागरमा आसीयान लगायत अष्ट्रेलीयासंग द्वन्द, ग्लवानदेखि अरुणचलसम्म भारतसंग भिडन्त, सन् २०१३ देखि वि.आर.आएको आवरणमा डेब्ट ट्रप्याप कुटनीतिले गर्दा चीनको महाशक्ति वन्ने महत्वाकांक्षा उजागर भएको छ । सामरिक जानकार जोन मिसामाले “टे्जेरडी ऑफ ग्रेट पावर पोलटिक्स” भन्ने चर्चित पुस्तकमा चीनिया नीतिलाई खतरनाक र डरलाग्टो भनेर इंकित गरेका छन् । अर्थात् सोभीयत यूनियन र अमेरिका विच टक्कर हुदॉ दुई वटै देशहरूको सामरिक र सैनीक तयारी यूरोपमा केन्द्रित थियो । सोभीयत रुस सामरिक र सैनिक रुपले अब्वल भएता पनि आर्थिक रुपले अमेरिकालाई चूनौती दिने सार्मथ्य वोकेका थिएन । हुनत अहिले पनि चीनले आफ्नाे सैनिक खर्च २५० विलियन गरेता पनि त्यसको दाजोमा अमेरिकाले सैनिक लगानी ७५० विलियन डलर गरिनरहेको अवस्था छ ।

सैनिक रुपले अमेरिका अब्वल भएता पनि चीन हरेक र्मोचामा टक्कर दिन उकुसमूकुस देखिन्छ । अमेरिका र सोभियत रुसका विच व्यापारिक समवन्ध सघन थिएन । वार्षिक व्यापार मात्र १ विलियन डलरको थियो । वर्तमान अवस्थामा समेत अमेरिका र चीनको व्यापारिक कारोवार दैनिक १ विलियत डलरको रहेको छ । यस्तो तनाव पूर्व समवन्धमा पनि विगत ३ महिनामा व्यापारिक कारोवर वढेको नै देखिन्छ । चीन र अमेरिकाको समवन्धलाई आलोकित गर्दै सिंगापूरको मूर्घन्य जानकार किशोर मेहुवानीले अमेरिकी नीतिलाई “मेटाफिजिकल इलुजन”को संज्ञा दिएका छन् । अर्थात् अमेरिकामा एउटा दिवा स्वपनमा थियो कि चीनको आर्थिक विकास हुन वित्तिकै चीनमा प्रजातान्त्रिकीकरण हुने, मानव अधिकार सूनिश्चित हुने र चीन पश्चिमीकरण हुँदै अगाडी बढ्नेछ । तर चीनले एकातर्फ आर्थिक रुपले समृद्धीको वाटोमा जादैछ भने अलसंख्याकको दमन, प्रेश स्वतन्त्रता, मानव अधिकार जस्ता मानवीय समवेदना र सहानभूतिको मामिलामा आफ्नाे नीतिमा परिर्वतन गरेको देखिदैन ।

आसीयानको हरेक मुलुकहरूसंगको विवाद, भारतसंको विवाद, जापानसंगको सिंकागु टापूको विवाद, हंकङ्ग र ताइवान प्रतिको नीतिलाई सैनीक रुपले सामाधान गर्न चीनिया कम्यूनिष्ट पार्टीको गुरुयोजना रहेको देखिन्छ । संसारका चर्चित पत्रकार फरिद जाकरीयाले चीनिया नीतिलाई पुथक ढङ्गले व्याख्या गरेको देखिन्छ । जकारियाका अनुसार चीनले फुकुयामाको उद्घोष “द इण्ड ऑफ हिष्ट्री”लाई खारेज गरेको देखिन्छ । सोभीयत विघटन पछि फुकुयामाले अमेरिकी जीतको उदघोष गरेर कम्यूनिष्टको अन्तको घोषणा गरेका थिए । सोभीयत रुस जस्तो चीनले माओको दर्शन प्रत्यारोपन गर्न उघत देखिएको छैन । किशोर मेहबुवानीले भारत र इण्डोनेशियासंग चीनको कटुता भएता पनि चीनिया कम्यूनिष्ट प्रणालीवाट भारतीय र इण्डोनेशियाको लोकतन्त्र र प्रजातन्त्र माथि कुनै खतरा छैन । चीनले आफ्नो राजनीतिक प्रस्तावनालाई अगाडी वढाएको छैन । चीनिया नीतिको खतरनक पक्ष नै के हो भने चीनले कटरपन्थी र तानाशाही व्यवस्थालाई आर्थिक मद्दतको माध्यमवाट प्रोत्साहित गर्दछ । पाकिस्तान, इरान, हाल तालीवानी वर्चस्वको अफगानीस्तान यसको प्रतिनिधि उदाहरणहरू हुन । भारत र अष्ट्रेलिया जस्तो लोकतान्त्रीक समाजलाई पेल्ने, हेप्ने र दण्डित गर्ने चीनिया नीति रहेको छ । चीनको दम्भले नै गर्दा कवाड, ओक्स कवाड दोस्रो जस्ता गठवन्धनहरू वनिरहेको फरिद जाकरियाको भनाई रहेको छ ।

अष्टेलीयाले आफ्नाे सैनिक बजेटमा वर्षिक १०५ वृद्धि गर्नुको प्रमुख कारण चीनिया दवाव नै हुनु । अमेरिकाले सुरुवातको दिनमा क्वाडको अवधारणालाई अगाडि बढाउदा अष्ट्रेलिया र भारत आप्mनो सक्रियता देखाएको थिएन । अष्ट्रेलियालाई आर्थिक रुपमा चीनले दण्डित गरे पछि र भारतलाई डोक्लमदेखि ग्लवानसम्म सैनिक दवाव दिए पछि यी दुई मुलुकहरूले सामरिक र सैनिक रुपमा संगठित हुनु क्वाडमा आफ्नाे सक्रियता र आवद्धता देखाएको हो । अष्ट्रेलिया, विट्रेन र अमेरिका अक्सको छाता मुनि सैनिक गठवन्धन समेत गरेको देखिन्छ । ताइवानलाई अमेरिकी सैनाले आफ्नाे छत्रछायामा राखेका छन् । अर्को शब्दमा भन्ने हो भन्ने दक्षिण चीन सागर, पूर्वीय चीन सागर, हिन्दमहासागरीय क्षेत्र पूर्ण रुपले सैन्य भण्डारणको क्षेत्र भएर शित यूद्धको कहरमा देखिएको छ । विगत ६० वर्षमा जापान र जर्मनीले आर्थिक रुपले कालापलट गरेता पनि अमेरिकी छत्र छायामा नै हुर्केका थिए । जापान र जर्मनी आर्थिक रुपमा अब्बल भएता पनि अमेरिकी सार्मथ्यलाई चूनौती दिएको अवस्था थिएन । तर वर्तमान अवस्था गम्भीर देखिएको छ । भारत चीन विच तनाव शिथलिकरणको अवस्था देखिएको छैन । गलवान घाटी तनाव ग्रस्त अवस्थामा छ । केहि जानकारहरूले अमेरिकी नीतिलाई पनि आलोचना गरेका छन् ।

अमेरिकाको केहि वौद्धिक जगतले अमेरिकीलाई वर्तमान द्वन्दवाट पछाडि हटेर अमेरिकी जनताको करको मुद्धालाई अमेरीकी जनताको हकहितमा उपयोग गर्न सल्लाह दिएका छन् । तर सामरिक जानकार मिशामाले अमेरिकी इतिहासलाई उदाहरण दिदै के भनेका छन् कि अमेरिकी समृद्धि, सम्पनता र लोकतन्लाई जोगाउन अमेरिकाले आप्mनो सैन्य वललाई विश्व मानचित्रमा अगाडि बढाउनै पर्दछ । अमेरिकाले आप्mनो भूमिका नखेलेको खण्डमा इतिहास अहिले फरक मोडमा हुने थियो । अमेरिकी सैनीक आप्mनो सहादत नदिएको खण्डमा हिटलर पराजीत हुने थिएन । जापानको तानाशाह अन्त्य हुने थिएन । सोभीयत संघ विघटन हुने थिएन ।

तदनुरुप संसारमा मानव सभ्यता, लोकतन्त्र, मानव अधिकार, खुला समाज, प्रेश स्वतन्त्रता जस्ता मोलिक मुद्दाहरूको लागि लड्न अमेरीका संसारको प्रजातान्त्रिक शक्तिहरूसंग समवन्ध र सामिप्यतालाई घनिधुत बनाउ‘दै अगाडी बढ्नु पर्दछ । अर्थात् चीनिया दम्भ र अंहकारलाई लगाम कस्न अमेरीकाले आप्mनो गठवन्धनलाई दरिलो र वलियो बनाउ‘नु पर्दछ । चीनिया जनताहरूको मानसपटलमा चीनिया महत्वाकांक्षा वा चीनिया जनताहरूले विगत २,००० वर्षमा अरु समाजहरूवाट दमित रहेको कथाहरूलाई सुनाउ‘दै चीनमा गर्न नयॉ राष्ट्रवादको उदघोष भइरहेको अवस्था छ । रोचक कुरा के भने चीनमा सैनिक भन्दा प्रहरीका वढि खर्च देखिन्छ । अर्थात् आन्तरिक व्यवस्थापन र कडा कानुनको माध्यमवाट कम्यूनिष्ट पार्टीले चीनिया समाजलाई राखेको छ । अर्को शब्दमा भन्ने हो भने चीनले संसारसंग मुटभेडको अवस्थामा गएको खण्डमा विश्व बजार र विश्व जनमातको सदभाव गुमाउने छ । यस अर्थमा चीन र अमेरिका मानव संवेदना र सहानुभूतिलाई मानसपटलमा राखेर द्वन्द शिथिलीकरण गर्न वर्तमान शीत युद्धलाई अन्त्य गर्नु पर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण