सप्तरी । एसइई परिक्षाको तयारीमा रहेकी एक किशोरीले आफनै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।
राजविराज ६ निवासी १६ बर्षीया संध्या यादव शनिबार राती आफ्नै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । यही चैत्र ६ देखि हुने एसईई परिक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेरपछि फर्केकी आमाले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवको आईतबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको तथा घटना’bout थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक यमलाल बन्जारेले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)






