आत्महत्याबाट बचाउन हिरासतमा राखिएका थुनुवा हतकडीसहित फरार

सप्तरी । आत्महत्याका लागि तयार भएका एक युवकलाई जोगाउन प्रहरी चौकीमा राखिएकोमा उनी त्यहीबाट हतकडीसहित फरार भएका छन् ।

बोदेबर्साइन नगरपालिका ८ निवासी ३० बर्षीय महेश यादव प्रहरी चौकी काचनबाट पिसाब फेर्ने बहानामा शनिबार मध्यरात हतकडीसहित फरार भएका हुन् । शनिबार राति १० बजे तिर अत्यधिक मदिरा सेवन गरी घर आएका यादवको पत्नीसित सोही विषयमा विवाद भएको थियो ।

त्यस क्रममा आवेशमा आई उनी घरमै पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । सो ’bout छरछिमेकले खबर गरेपछि पुगेको प्रहरीले सुरक्षाका लागि उनलाई प्रहरी चौकीको हिरासत कक्षमा राखेका थिए ।

राती २ बजे तिर उनले पिसाब लाग्यो भन्दै गुहारेपछि प्रहरीले हिरासत कक्ष खोलेर उनलाई नजिकै पिसाब गर्न जान दिएका थिए । तर अँध्यारोको फाइदा उठाउँदै उनी भागेका थिए । आइतबार बिहान उनको घरमा पनि खोज तलास गरिएको र फेला नपरेको प्रहरीले जनाएको छ ।

घटना’bout अनुसन्धान भइरहेको तथा हिरासतबाट फरार भएका यादवको ब्यापक रुपमा खोज तलास कार्य सुरु गरिएको प्रहरी निरिक्षक यमलाल बन्जारेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

हुलाकी सडकले डफाली परिवारलाई बेघर बनाउँदै