हुलाकी सडकको काम गुणस्तरहीन : प्रभु साह

 

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले हुलाकी सडकको काम गुणस्तरहीन भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार रौतहटको बौधीमाई नगरपालिकाको मटिअर्वामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष साहले मधेशको विकासको आधारको रुपमा रहेको हुलाकी सडकको काममा गुणस्तरहीन सामानको प्रयोग र लापरबाही भइरहेको जीकिर गर्दै छानबिन गरी कारवाही गर्न माग गरेका छन् ।

रौतहट क्षेत्र नम्बर ३ का सांसद समेत रहेका अध्यक्ष साहले भने, ‘हुलाकी सडक मधेशको विकासको मुख्य आधार हो । हुलाकी सडक निर्माणसंगै मधेशमा व्यापार, व्यवसाय, उद्योगमा व्यापक विस्तार भई समग्रमा आर्थिक विकास हुने कुरामा दुई मत छैन । तर हुलाकीको सडकसीमालाई लिएर मेरो आपत्ति रहँदै आएको छ । सडकसीमा ५० मिटर पुर्याऔँ भन्दा भन्दै थाकिसके ।’

‘सडकसीमा बढाउने काम त हुँदै भएन तर भैरहेको काम पनि गुणस्तरहीन छ । तपाईं जुनसुकै ठाउँमा हेर्नुस हुलाकीको काम जारी छ, त्यहाँ मिसावट र कमसल काम मात्र भएको छ’ अध्यक्ष साहले भने, ‘यो समग्र मधेशको विकासको लागि ठूलो बाधक हो । तुरुन्त यसको छानबिन गरी कारवाही गर्न माग गर्दछु ।’

कार्यक्रममा नेकपा बौधीमाई नगर कमिटी अध्यक्ष श्रीभगवान पटेल, नेता त्रिभुवन साह, जयचन्द्र पटेल, राजन यादव, प्रदिप यादव, मुक्ति मिश्रा, उपेन्द्र दासलगायतको उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

विपद्लाई मध्यनजर गर्दै झापामा सशस्त्रद्वारा सचेतनामूलक माइकिङ तथा उद्धारको तयारी