कर्मचारी नहुँदा भुकम्पपीडित मर्कामा

सिन्धुपाल्चोक । भुकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लाका लाभग्राहीको समयमा नै अनुदान सिफारिस नहुँदा समस्यामा छन् । अनुदान सिफारिसमा ढिला हुँदा असार मसान्तभित्र निजी आवस पुननिर्माण सक्ने प्राधिकरणको लक्ष्यसमेत समस्या देखिएको छ । घर बनाए पनि लामो समयदेखि अनुदान नआउँदा पीडितहरु ऋणमा डुबेका छन् ।
पुननिर्माण प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयमा कर्मचारी अभावमा लामो समयदेखि लाभग्राहीको अनुदान सिफारिसमा समस्या हुदै आएको छ । भुकम्प पीडितलाई प्राविधिक सहयोग गर्न पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले गाउँ–गाउँमा प्राविधिकहरु खटाएको छ । लाभग्राहीहरुले घर बनाएको÷नबनाएको चेकजाँच गरेर किस्ताको लागि जिल्लामा नै रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयलाई लाभग्राहीको नामसहित किस्ताको लागि पुर्वाधार कार्यालयले सिफारिस गर्ने गर्दछ ।

लाभग्राहीको ९५ प्रतिशत काम हामीले सकेर किस्ताको लागि अनुदान व्यवस्थापन कार्यालय (जीमाली) मा पठाउँछौ जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले भने । अनुदानको लागि आएको फाइल हेरेर लाभग्राहीलाई किस्ता (रकम) प्रदान कार्यालयमा भने कर्मचारी नहुदा घर बनाए पनि रकम नआउँदा सिन्धुपाल्चोकका भुकम्प पीडित लामो समयदेखि समस्यामा छन् ।
अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले अनुदानको रकम बैंकमा पठाउन ढिला गरेपछि पीडित लाभग्राहीले जिल्ला समन्वय समितिमा उजुरीसमेत गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
भुकम्पपछि सुरु भएको निजी आवस पुननिर्माणको सहजीकरण जिल्ला समन्वय समिति अन्र्तगतको जिल्ला प्राविधिक कार्यालयले गर्दै आएको थियो भने पुननिर्माण प्राधिकरणको सचिवालसमेत जिल्लामा रहदै आएको थियो । विभिन्न कार्यालयहरु जिल्लामा नबस्ने भएपछि अनुदान सिफारिसको लागि पुननिर्माण प्राधिकरणको सचिवाल र प्राविधिक कार्यालय मर्ज गरेर अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय(जीमाली) बनाइएको थियो ।
२०७४ देखि लाभग्राहीहरुलाई घर निर्माणबापतको अनुदान प्रदान गर्नका लागि २०७४ देखि जिल्लामा जीमालीको कार्यालय स्थापना गरेपनि त्यो कार्यालयमा अहिलेसम्म एकजना पनि प्रमुख आएका छैनन ।
सुरुमा माधवजंग कार्की प्रमुख भएर केही महिना कार्यालयमा बसेपनि त्यसपछि भने उक्त कार्यालय निमित्तको भरमा सञ्चालन भइरहेको छ । निमित्तको भरमा कार्यालय सञ्चालन हुदा सुरुमा केही समस्या भए पनि अहिले सबै अधिकार आफूलाई नै आएकोले समस्या नभएको दाबी गर्छन् जीमालीका निमित्त जिल्ला आयोजना प्रमुख लक्ष्मणकुमार सेठीले दाबी गरे ।
कार्यालय प्रमुख मात्रै निमित्तको भरमा होइन लेखापाल पनि कार्यालयमा नहुदा साउनदेखि एक जना लाभग्राहीको पनि घर निर्माणबापतको रकम बैकमा पठाउन नसकेको स्वयम सेठीले स्वीकार गर्छन् ।
यस अघिका कामु निमित्त आयोजना प्रमुख विष्णुप्रसाद पौडेलको सरुवा भएपछि सेठीलाई केही समय अघि मात्रै निमित्तको जिम्मेवारी दिएको थियो । जीमालीमा सिनीयर डिभीजन इन्जिनियरको दरबन्दी छ,तर अहिले इन्जिनीयरको भरमा मात्रै कार्यालय सञ्चालन भइरहेको छ । प्रमुख नहुदा त समस्या छ नी निमित्त आयोजना प्रमुख सेठीले भने–‘सिनीयर इन्जिनियरले गर्ने सबै काम इन्जिनियरले कहाँ गर्न सक्छ र?’
अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयमा १२ कर्मचारीको दरबन्दी भएपनि अहिले पाँच जना मात्रै कर्मचारी रहेको सेठीले जानकारी दिए । भुकम्प पीडितहरुको अनुदानबापतको रकम को चेक काट्ने लोखापल नै कार्यालयमा लामो समयदेखि छैनन् । केही महिना अघि लेखापाल पठाएको छ,तर उहाँको जिम्मा जुगल गाउँपालिकामा पनि रहेछ,यता भन्दा गाउँपालिकामा बढी बस्नु हुन्छ हामीलाई त समस्या भयो नी!सेठीले भने ।
साउन देखि कात्तिक सम्म चार महिना महालेखा परिक्षकको कार्यालयले अनुदान रोक्का ग¥यो,त्यसपछि लेखापालको सरुवा भयो,लेखापाल आयो,प्रमुखको सरुवा भयो,बल्ल मलाई निमित्त दिएको छ अब काम छिटो हुन्छ सेठीले भने । पीडितहरुले घर बनाएर अनुदानको रकम लिन आउपनि कर्मचारी नहुदा र कर्मचारीले राम्रो काम नगर्दा अहिले लाभग्राहीहरुको फाइल अनुदान कार्यालयमा थुप्रिएको छ । लामो समयसम्म पनि अनुदान नआउदा पीडितहरु सदमुकाममै अनुदानको लागि धाइरहेका छन् ।
सिन्धुपाल्चोकमा ८९ हजार ८ सय ६४ कुल लाभग्राही मध्ये ८६ हजार ८ सय १९ ले पहिलो किस्ताबापतको ५० हजार लिएका छन् । ति मध्ये ८३ हजार ४ सय ६९ ले दोस्रो र ७५ हजार ५ सय ७ठ ले अन्तिम किस्ता लिएका छन् ।

हामी एक्सन लिन्छौ
जिल्लाभरका सयौ भुकम्प पीडितहरुको प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा कर्मचारी नहुने र भएका कर्मचारीहरुले पनि पीडितहरुको काम नगरेपछि कार्यालय प्रमुखलाई बोलाएर पीडितहरुलाई थप पीडा नदिन जिल्ला समन्वय समिति प्रमुखले आग्रह गरेका छन् ।
लामो समयदेखि कर्मचारीहरुले भुकम्प पीडितहरुलाई दुःख दिएको,कर्मचारीहरु नियमित कार्यालयमा नआउने,लाभग्राहीहरुको फाइल हरायदिने लगायतका समस्या कार्यालयमा रहदै आएको आफुलाई भुकम्प पीडितहरुले लिखित रुपमा नै जानकारी गराउको जिल्ला समन्व्य समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । कर्मचारीहरु आएर हाजीर गरेर कार्यालयमा नबस्ने गरेको पनि पाइयो,कतिपय कर्मचारीहरु मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको समेत उजुरी आएको छ,अब यो समस्या समाधान भएन भने हामी एक्सन लिन्छौ निमित्त कार्यालय प्रमुख सेठीलाई जिससमा बोलाएर प्रमुख तामाङले भने ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित