पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीकाे जाम


चितवन । एमालेको १०औं महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म सवारी साधन जाममा परेकाे छ ।

भरतपुर प्रवेश गर्न नसकेपछि केही गाडी फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारीसाधन भित्रिन रोक लगाएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा हजारौं सवारीसाधनको लाइन लागेको छ ।

एमाले महाधिवेशनको असर पृथ्वी राजमार्गमा समेत परेको छ । काठमाडौंबाट नारायणगढ र पोखरा जाने यात्रु सडकमै अलपत्र परेका छन् । पश्चिममा नवलपुर र पूर्वमा हेटौंडा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 528 times, 1 visits today)

epaper

ताजा समाचार

निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा