अनागरिकको पीडा

१९औं शताब्दीदेखि नै नेपाली मूलका मानिस भुटान बसोबास गर्दै आएको इतिहास छ । झण्डै दुई दशक शरणार्थी जीवन बिताएपछि तेस्रो मुलक पुनर्वास भएका सात समुन्द्रपारी पुगरे पनि आफ्नो जन्मभूमि, पितृभूमि अनि पितापुर्खाको देशको माटो सम्झिरहेका छन्, कला, गीतसंगीत, साहित्यको माध्यमबाट ।

हरि उप्रेती तिनै नेपाल भाषी भुटानी श्रष्टा हुन्, जसले तेस्रो मुुलुकमा गीत लेखनमार्फत भावना, चरम दुःख, पीडा, चोट, ताप, संघर्ष, अनिश्चितता अभिव्यक्त गरिरहेका छन् । भुटान दागना श्यामदलेमा जन्मिएका उनी सन् १९९२ मा लखेटिएर नेपाल आए । १८ वर्ष नेपालमा शरणार्थी हुनुको महासागर झेले ।

अब अलिकति पृष्ठभूमितिर लागौं न ।

सन् १९९० को दशकमा भुटानी राजा जिग्मे सिङ्गे वाङचुङ सरकारले झण्डै १ लाख २० हजार नेपाली भाषी नागरिकलाई देश निकाला ग-यो । शताब्दियौंदेखि भुटानमा बसोबास गर्दै आएका नेपाली भाषी नागरिकलाई बलजङ्खती निकाला गरियो ।
सन् १९८८ बाट तत्कालीन भुटानी राजा जिग्मेसिङ्गे वाङचुकले ‘एक राष्ट्र एक जनता’ नीति ल्याएपछि दक्षिणी भू–भागमा बस्ने नेपाली मूलका भुटानी नागरिकलाई ठूलो झट्का लाग्यो । यो नीतिले परापूर्वकालदेखि नेपाली भाषीले मान्दै आएको धर्म, संस्कृति र परम्परा चट्टक्कै छाडेर राजाको जातिले मान्दै आएको धर्म, संस्कृति र परम्परा अंगीकार गर्नुपर्ने बाध्यकारी परिस्थिति आइप-यो ।

‘अहिले म विश्वको चरम सुविधा सम्पन्न ठाँउमा छु,’ हरि भन्छन्, ‘तर मन उतै छ ।’ त्यही भएर ती मनका भावना गीतमार्फत उतार्छन्, उनी । अमेरिकाको व्यस्त जीवनबीच अधिक गीत सिर्जना गर्नेमध्येमा पर्छन्, उनी । उनका गीत नियमित रेकर्ड भइरहेका छन्, कहिले अमेरिका कहिले नेपालमा । फुर्सद भयो त गीति गेंडा बुन्न घोत्लीहाल्छन् हरि । लेखनी एल्बम हु“दै चलचित्रसम्मै फैलिएको छ ।

सन् २०१४ मा ‘करुणा’ एल्बम ल्याएका उनले ‘मुर्चुङ्गा’, ‘धनवान’, ‘डोली’, ‘आकाशे खेती’, ‘नालापानी’, ‘आ“धी तुफान २’, ‘वीरबहादुर दंग पर्छ’, ‘टिनएज’, ‘डन २’लगायत दुई दर्जन चलचित्रमा गीत लेखेका छन् । उनको ‘गजल गुनासो’ संग्रह पुस्तकका रूपमा बजारमा छन्, जसमा ९० गजल संग्रहित छन् ।

मोरङ सुकना बहुमुखी क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर हरि स्कुलमा हु“दै गीत लेख्थे । अमेरिका ओहायो राज्यको राजधानी कोलम्बसनजिकैको सहर रेनोल्ड्बर्ग बस्दै आएका हरि पछिल्ला वर्ष नियमित केही न केही सिर्जना गरिरहेकै हुन्छन् ।

‘आजकल २,४ वटा गीत त जसले पनि लेख्न थालेका छन्,’ हरि भन्छन्, ‘रहरभन्दा पनि यो विधा’bout अध्ययन गरेर मेहनत गरे पहिचान बनाउन सकिन्छ ।’

गीत लेखेबापत दर्जन झण्डै अवार्डसमेत पाएका छन् । उत्कृष्ट गीत लेखेबापत ‘म्युजिक खबर म्युजिक अवार्ड २०१८ (चलचित्र गीत)’, ‘सेकेन्ड खुम्बु कोल्च ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ (अमेरिका, चलचित्र गीत)’, ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’, ‘हिमालय इन्टरनेसनल अवार्ड २०२१ (आधुनिक गीततर्फ)’, ‘ नेसनल क्यापिटल अवार्ड २०२१ (सुगम संगीत)’, ‘क्वालिटी इन्टरटेनमेन अवार्ड २०७८’ लगायत सम्मान हरिको पोल्टामा परिसकेका छन् ।

‘गीत लेखन नै मेरो पहिचान हो,’ भन्छन्, ‘भाषा संस्कृतिकै कारण अनागरिक भइयो, त्यसैले भाषा, साहित्य, संस्कृतिका लागि केही गर्नुपर्छ भन्नमा प्रतिबद्ध भएर यो क्षेत्रमा लागिपरेको छु ।’

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान