प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको आज छैटौँ दिन उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उहाँको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाद्वारा जारी  विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गाैला दान दिन उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको जनाइएको छ ।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु