बैतडी । बैतडीमा यो बर्ष होली पर्वको रौनक देखिएन् । कोरोना भाईरसको जोखिमका कारण स्थानीय प्रशासन र स्थानीय तहहरुले भेला भएर होली नखेल्न आग्रह गरेपछि होली पर्वको रौनक घटेको हो । विभिन्न विद्यालय, क्लब, समूहले गत बर्षहरुमा होली खेल्ने गरेको भएपनि यो बर्ष होली खेलिएको छैन् ।
स्थानीय प्रशासन र स्थानीय सरकारको आग्रह अनुसार यो बर्ष जमा भएर होली नखेलेको दशरथचन्द नगरपालिका १ गुरुखोलाका मनोज भट्टले बताए । उनले भने ‘हामी हरेक बर्ष साथीभाई मिलेर होली खेल्थ्यौँ, रमाइलो हुन्थ्यो, अलिअलि क्लवलाई पैषापनि जम्मा हुन्थ्यो, बनभोज गइन्थ्यो, यसबर्ष केहिपनि गरेनौँ, कोरोनाको त्रास सबैठाउँमा भएकाले, हामीलाई पनि त्यसको डर थियो, त्यसैले भिडभाड नगरेकाहौँ, फागु पुर्णिका अवसरमा लाग्ने बिभिन्न ठाउँमा यसपालि मेला पनि लागेनन’् उनले भने, ।
जिल्लाका केही ठाउँमा होली खेलिएको भएपनि अधिकाँश ठाउँमा होली खेलिएको छैन् । होली खेल्दा एकआपसमा रंग दल्ने, एकैठाउँमा धेरै मानिसको भीडभाड हुने र यसले कोरोनाको जोखिम बढ्ने भएकाले होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । कोरोनाको विश्वव्यापी जोखिम बढीरहेकाले पूर्व तयारी स्वरुप धेरै भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरिएको उनले बताए ।
सामूहिक रुपमा होली खेल्न नपाएपछि स्थानीयहरुले एकआपसमा होलीको शुभकामना साटेका छन् । सामूहिक रुपमा होली खेल्न नपाउँदा केही खल्लो भएपनि भीडभाडले कोरोनाको जोखिम बढ्ने हुँदा होली नखेलेको सामाजिक अभियन्ता रमेश कोलीले बताए । यो बर्ष होली नखेलेका होलीपर्वको रौनक भने नभएको उनले बताए ।








