भारतलाई सिरिज

मुम्बई । घरेलु भारतले न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा आफ्नो इतिहासकै सर्वाधिक ठूलो फराकिलो जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको छ । दोस्रो टेस्ट खेलमा भारतले चौथो दिन पहिलो सेसनमा ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई खेलको सिरिज १–० ले जितेको छ । ५ सय ४० रनको विजयी लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्यान्ड ५६.३ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।

न्युजिल्यान्डका डर्याल मिचेलले सर्वाधिक ६० रन जोडे । हेनरी निकोलस ४४ र रचिन रविन्द्र १८ रनमा आउट भए । ओपनर टम लाथम ६ रनमा आउट भए । अर्का ओपनर विल योंक २१ रनमा क्याच भए । रस टेलर ६ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्र आश्विन र जयन्त यादवले समान ४–४ विकेट लिए । भारतले दोस्रो इनिङमा ७० ओभरमा २७६–७ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा २ सय ६३ रनको अग्रता लिएको भारतले समग्रमा ५ सय ३९ योगफल तयार पारेको थियो । भारतका अक्षर पटेल ४१ रनमा अविजित रहे ।

ओपनर मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाए । चेतेश्वर पुजारा र सुभमन गिलले समान ४७ रन जोडे । विराट कोहली ३६, श्रेयस ऐरले १४ र ऋद्धिमान शाहले १३ रन जोडे । न्युजिल्यान्डका अजाज पटेलले ४ र रचिन रविन्द्रले ३ विकेट लिए । न्युजिल्यान्ड पहिलो इनिङमा २८.१ ओभरमा ६२ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका कप्तान टम लाथम १० र जेम्स निशम १७ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । रविचन्द्र आश्विनले सर्वाधिक ४ विकेट लिए । मोहम्मद शिराजले ३, अक्षर पटेलले २ र जयन्त यादवले १ विकेट लिए ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २५ रनमा अल आउट भएको थियो । स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिएका थिए । मयंक अग्रवालले सर्वाधिक १ सय ५० रनको योगदान दिए । तल्लोक्रमका अक्षर पटेलले ५२ रनमा आउट भए । सुभमन गिलले ४४ रन जोडे । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ