प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले सम्पर्क कार्यालय खोलेका हुन् ।

महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मूल गेटअगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका छन् ।

कार्यालयबाट प्रकाशमानले मंगलबार बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन् । भेटघाटका लागि सम्पर्क कार्यालयमा आउन सिंहको सचिवालयले नेता, कार्यकर्तामा अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

epaper

ताजा समाचार

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह