पाँच लाखको अक्षय कोषको स्थापना

सर्लाही  । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको जन ज्योती बहुमुखि क्याम्पसमा गरिब , असहाय , दलित, तथा जेहन्दार बिद्यार्थीहरुको लागि पाँच लाखको अक्षय कोषको स्थापना गरिएको छ ।

 

क्याम्पसमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा ईश्वरपुर नगरपालिका वडा नं.३ भक्तिपुर बस्ने समाजसेवी मनोज आचार्यले आफनो आमाको नाममा अक्षयकोषको स्थापना तथा चारथान ल्यापटप हस्तान्तरण गरेको जन ज्योती बहुमुखि क्यामपसले जनाएको छ ।

 

अक्षयकोष बाट ग्रामिण बस्तीका छात्र तथा छात्रा लाभ मिलोस भन्ने उदेश्यले छात्रवृतिको लागि अक्षय कोषको स्थापना गरिएको समाजसेवी आर्चायले बताए। अक्षयकोष रकमबाट आउने ब्याजले प्रत्येक वर्ष गरिब , असहाय , दलित, तथा जेहन्दार छात्रा तथा छात्रहरुलाई प्रतयेक वर्ष छात्रवृति प्रदान गरिने क्याम्पस व्यवस्थापन समिति सदस्य रामबाबु साहले जानकारी दिए।

 

त्यसैगरी समाजसेवी आर्चायले क्याम्पसलाई २ लाख ५० हजार मुल्य बराबरको ४ थान ल्यापटप समेत प्रदान गरेको छ । शिक्षण कार्य प्रविधि मार्फत गर्ने उदेश्यले एक प्रध्यापक एक ल्यापटप क्याम्पसको निति रहेकोले प्रध्यापकहरुलाई शिक्षण कार्य सहज होस भन्ने उदेश्यले ल्यापटप प्रदान गरिएको समाजसेवि आर्चायले जानकारी दिए ।

 

नेपालभरीमै टप १० रहेको क्याम्पस यस अघि पनि छात्र तथा छात्रहरुलाई अक्षयकोष खडा गरी छात्रवृति वितरण गर्दै आएको र थप यो अक्षयकोषबाट छात्रवृति प्रदान गर्न धेरै टेवा पुगेको क्याम्पस प्रशासनले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?