काठमाडौं ।  रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित ग¥यो ।

रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसँगै रेडनले २० हजार तथा एमआरएमले १५ हजार नगद पुरस्कार हात पारे ।
एमआरएमका उपेन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए भने रेडनका आशिष डंगोल उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका जेभियरका रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई प्रदेश सांसद् वसन्त मानन्धर, अखिल नेपाल फुटबल संघ (एन्फा)का लिग निर्देशक सञ्जीव मिश्र, काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल र प्रतियोगिता संयोजक निराजन थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २० टिम सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ