महाधिवेशनको महाकुम्भमा कांग्रेस

dxflwj]zg:yndf ljleGg bnsf cWoIf ;xefuL x'Fb} sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmd:yn ;xefuL x'Fb} g]kfnL sfFu|];sf ;efklt Pjd k|wfgdGqL z]/axfb'/ b]pjf, g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú / g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfnnufot . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं नेपालीको कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित नयाँ नेतृत्व चयन गर्न कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । कांग्रेसले नयाँ नेतृत्व चयन गर्न भइरहेको महाधिवेशनलाई महाकुम्भका रूपमा लिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सुुरु महाधिवेशमार्फत कांग्रेसले पार्टीको १ सय ६७ सदस्यीय केन्द्रीय समितिमध्ये १ सय ३४ जनालाई निर्वाचन प्रक्रियामार्फत चयन गर्न लागेको हो । कांग्रेसको शीर्ष तहमा रहने सभापतिसहित १३ पदाधिकारीसमेत सोही संख्याअन्तर्गत निर्वाचन प्रक्रियाबाटै चयन हुनेछन् । महाधिवेशनको शुक्रबार सभापति शेरबहादुर देउवाले विधिवत् उद्घाटन गरेका हुन् ।

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरू तथा विपक्षी दलका नेतासहित विदेशबाटसमेत विभिन्न दलका प्रतिनिधि सहभागी भएका छन् ।

– नयाँ नेतृत्व चुनिँदै

– ४७ सय ४३ प्रतिनिधि काठमाडौंमा

– आजै उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सिपी मैनालीलगायतले शुभकामना मन्तव्य राखे ।

यसैगरी, भारतीय जनता पार्टीका नेता हर्षवद्र्धन सिंह र अखिल भारतीय कांग्रेसका महासचिव मुकुल वस्निकले समेत कांग्रेसलाई १४औं महाधिवेशन सफलताको शुभकामना दिए ।

कांग्रेस महाधिवेशमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

यस्तो छ निर्वाचन कार्यक्रम
कांग्रेस निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यस्तै दाबी विरोधको समय शनिबार नै बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन पनि शनिबार नै राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै, मनोनयनपत्र फिर्ताका लागि २६ मंसिर अर्थात् आइतबार बिहान ११ बजेसम्म तोकिएको छ ।

यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २७ मंसिर बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतगणना तत्कालै
निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरूको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ ।

समावेशी सिद्धान्तअनुसार पदाधिकारी
कांग्रेसले महासमितिबाट संशोधित विधान र देशको संविधानअनुसार महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न आठवटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यसहित १ सय ३४ जना निर्वाचित गर्दै छ ।

कार्यसमितिमा आठ जना सहमहामन्त्रीसहित विभिन्न क्लस्टर र भौगोलिक क्षेत्रबाट ४० जना महिला केन्द्रीय समितिमा पुग्नेछन् । यस्तै, दलित ९, आदिवासी–जनजाति १५, खसआर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । सबै क्लस्टरमा महिला कोटा आरक्षित छ । खुलाबाट ३५ सहित अल्पसंख्यक र अपांगता भएकाबाट एक÷एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

एक सभापतिसहित दुई-दुई जना उपसभापति र महामन्त्री भने खुला प्रतिस्पर्धाबाट चुनिनेछन् । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको छ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । बाँकी सदस्य भने निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ । तर, मनोनीत गर्दा विभिन्न विधा र क्षेत्रलाई भने ध्यान दिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

epaper

ताजा समाचार

उपभोक्ता संरक्षण किन आवश्यक ?