काठमाडौं । नेकपा एमालेले प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।
यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । उनलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ ।
यस्तै एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समग्र पार्टीको कार्यविभाजन तोक्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिएको छ । एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।
- कसलाई के को जिम्मेवारी ?
- अध्यक्ष केपी शर्मा ओली : समग्र पार्टी
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
- उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
- उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
- उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
- उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
- उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
- उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
- महासचिव शंकर पोखरेल : समग्र पार्टी
- प्रदीप ज्ञवाली : स्कुल विभाग
- पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
- विष्णु रिमाल: आर्थिक लेखा लगायत
- योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग
- भीष्म अधिकारी : कार्यालय सचिव
- खगराज अधिकारी : संगठन विभाग
तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)






