काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा हुनेमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत छन् ।
बढुवा भएकाहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो समारोहमा पदोन्नत्ति वृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमान्दारिताको मूल्यांकन गर्र्दै पदोन्नत्ति गरिएको बताए ।
महानिरीक्षक खनालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा उद्धार कार्यमा सकृय रहन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन आ–आफ्नो तहबाट सवैले योगदान पु¥याउनु पर्ने बताउँदै बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको स्मरण समेत गरे ।
उनले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाका साथ कार्यक्षेत्रमा निरन्तर कृयाशील रहनुपर्ने बताउँदै आम नागरिकलाई समान सेवा भावले सशस्त्र प्रहरी बल नेपालको सेवा सुरक्षा प्रदान गर्दै सकारात्मक सोचकासाथ संगठनको लक्ष्य प्राप्तीतर्फ उन्मुख रहन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार, मानवअधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्वन गरेको चर्चा गर्दै जनचाहाना अनुरुपको कार्यशैली अपनाई व्यावसायिक रुपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
ब्रम्हाचार्यसहित पाँच जना डीआईजीमा बढुवा, आईजीपीले भने– व्यावसायिकता र इमान्दारिताको मूल्यांकन गर्दै बढुवा
- Roshan Shrestha
- २०७६ माघ २३ गते २०:२२
- २०७६ माघ २३ गते २०:२२


Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी

आजको १० समाचार
- चन्द्रनगरको बिर्ता बजारदेखि किसनपुरसम्म कालोपत्रे हुने
- काश्मिरमा पर्यटक मार्ने आतंकवादीका वास्तविक तस्विर सार्बजनिक
- एकैपटक १ सय २१ डिएसपीको सरुवा, उपत्यकामा ७ वृत्तका…
- स्याङ्जाका पाँच अग्रज कम्युनिष्ट नेता सम्मानित
- संखुवासभामा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने…
- सुरक्षा गार्डमा मलेसिया जाने नेपालीसँग १० हजार…
- अमेरिकाद्वारा एमसिसी कार्यक्रम बन्द
- विश्व चर्चित दस युगान्तकारी व्यक्तित्व
- कक्षा १२ को परीक्षा २१ वैशाखदेखि सुरु हुने
- काठमाडौंको तापक्रम बढ्दो