रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालकाे घाेषणा

काठमाडाैं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’ उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख