कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आज सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।

मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा  छन्। 

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, काेइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र काेइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन् ।

 मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र काेइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्। पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, काेइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू