यसपालीको होली घर–घरमै सिमित

 

सप्तरी, राजविराज । साथी भाई र आफन्तजनको घर–घर पुगेर विगतका वर्षहरुमा मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक भने सप्तरीमा आ–आफनै घरमा सिमित भएर मनाईएको छ ।

कोरोना भाईरसको सन्त्रास तथा स्थानिय प्रशासनले समेत भिडभाडमा सामेल भई होली नखेल्न गरेको आग्रहका कारण अधिकांशले आ–आफनै घर परिवार सित यस पटक रंग अबिर खेलेर होली मनाएका छन् ।

नाचगान सहित बजार तथा सडकमा होली मनाउनेहरुको संख्या यस पटक ह्वातै घेटेको छ । यद्यपि गित बजाउँदै घर आँगनमै नाच गान गर्नेहरुको संख्या भने विशेष रहयो ।

मिथिला पञ्चाङग अनुसार तराई मधेशमा यस पल्ट होली मंगलबार परेको छ । होली मंगलबार परेका कारणले पनि होलीको उत्साहमा कमी आएको छ । होलीमा माछा, मासु मुख्य परिकारको रुपमा रहने गरेपनि मंगलबारका दिन माछा मासु नखाने परम्पराका कारण पनि होलीको रौनक्ता बढन नसकेको स्थानियबासीहरुको भनाई छ ।

संघिय राजधानी सहित पहाडी जिल्लामा सोमबारै होलीपर्व मनाईएको छ । प्रदेश २ सरकारले होली पर्वको अवसरमा सोमबार र मंगलबार दुई दिन सार्वजनिक विदा दिएको छ । तर विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र मंगलबार माछा मासु नखाने मिथिलाबासीको परम्पराले यस पल्टको होली उत्साहजनक हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले प्रदेशमा उम्मेदवार छान्न सहमहामन्त्री खटाउने