काठमाडाैं । यतिबेला यूवा पुस्तामाॉझ निकै लोकप्रिय छिन् अभिनेत्री उपासनासिंह ठकुरी । चलचित्र अभिनयसँगै विभिन्न क्षेत्रमा उपस्थिति जनाउन सफल उपासनालाई पुन: ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले थप एक बर्षका लागि ब्राण्ड एम्बेसडर रूपमा नियुक्त गरेपछी उपासनाको चर्चा बढेकाे छ ।
चलचित्र बृत्तमा शालिन, सभ्य र मिजासिली अभिनेत्रीको रूपमा चिनिएकी उपासनालाई अब केही हप्ता उनका फ्यानहरूले बिभिन्न शहरहरूमा भेट्ने पाउने भएका छन् । उपासना र उनका प्रशंसकहरूबीचको भेटको चाँजो पाँजो भने ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले मिलाएको हो ।
आफू ब्राण्ड एम्बेस्डर भएको सस्थाले बिभिन्न शहरहरूमा आयोजना गर्न लागेको ऐजुकेशन फेयर मध्ये केही शहरहरूमा उपासनाले सहभागिता जनाउने छिन् भने केही शहरहरूमा भने केही समयपछी सहभागिता जनाउने जानकारी दिइएको छ ।
शालिन, सभ्य र मिजासिली अभिनेत्रीको रूपमा चिनिएकी उपासनालाई अब केही हप्ता उनका फ्यानहरूले बिभिन्न शहरहरूमा भेट्ने पाउने भएका छन्
यसैबीच सस्थाले बिध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । पुस ७ मा काठमाण्डौ, ९ गते पोखरा, ११ गते इटहरी , १२ गते दमक,१३ गते बिर्तामोड, २३ गते हेटौंडा, २४ गते चितवन र २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।






