स्टिल झिक्नुको सट्टा हाड काटिदिँदा

उदयपुर  । चिकित्सकको चरम लापरबाहीले एक बिरामीको स्टिल शल्यक्रिया गरेर निकाल्ने क्रममा हड्ढी काटि दिएका छन । भाँचिएको कुम जोड्न राखिएको स्टिल शल्यक्रिया गरेर झिक्ने क्रममा हड्डी नै काटिदिएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्राङका ४२ वर्षीय पूर्णबहादुर खत्री अपांग भएका हुन ।

गाईघाटस्थित सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थोपेडिक डा. सञ्जयकुमार साहले स्टिल झिक्न शल्यक्रिया गरेका थिए । त्यस क्रममा हड्डी नै काटिदिएको खत्रीले आरोप लगाएको छ । गत कात्तिक ७ गते शल्यक्रिया गर्ने क्रममा देब्रे हातको कुममा राखिएको स्टिल झिक्नु पर्नेमा डा. साहले हड्डीको टुक्रा झिकेर फयाँकिदिएपछि कुमको दुखाइ निको नभएको र देब्रे हातले पनि बलको काम गर्न नसक्ने भएको खत्रीले बताए । ‘डाक्टर साहले स्टिल छाडेर हड्डीको टुक्रा काटेर फयाँकिदिए छन,’ उनले भने, ‘स्टिल निकालेर स्वस्थ हुने आशाका साथ अस्पताल पुगेको मलाई साहले झन् अपांग बनाइदिए ।

२०७५ माघ ७ मा दिक्तेल बजारमा लडेर उनको देब्रे कुमको हड्डी भाँचिएपछि उनी जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपछि काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा पुगेका थिए । त्यहाँ उनको कुम जोड्न माघ २८ मा स्टिल राखिएको थियो । स्टिल लगाएपछि बिस्तारै कुमको हड्डी जोडिँदै गएको थियो,’ उनले भने, ‘बेला मौकामा स्टिल राखेको अवस्था बुझ्नु पर्ने भएकाले धेरै जसो समय काठमाडौंमै उपचार गराउँदै आएको थिएँ । गाईघाट आएको बेला आफन्तले गाईघाटको सिभिल हस्पिटलमा देखाउन भनेपछि त्यहीं गएको उनले सुनाए ।

कुम जोड्न राखिएको स्टिल र सुधारको अवस्था जाँच गर्न, एक्सरे गर्न हस्पिटल जाँदा जबर्जस्ती शल्यक्रिया गर्न लगाइएको खत्रीको दाबी छ । उनका भतिजा लेखराज कटुवालले भने, ‘डाक्टर साहले सुरुमा ५५ हजार लाग्छ भनेपछि शल्यक्रिया नगर्ने भन्दै फर्किएको थियौं । बाटोमा अस्पताल सञ्चालकसँग भेट भयो, सञ्चालकले फोनमा डा.सँग लामो कुराकानी गरेपछि २५ हजारमा शल्यक्रिया गरि दिने भनेपछि पुन हस्पिटल पुगेर शल्यक्रिया गरेको खत्रीले भने ।
आफन्तकै सल्लाह अनुसार कात्तिक ७ मा सिभिलमा स्टिल निकालिएको थियो ।

खत्रीका अनुसार निकालिएपछि पनि दुखि रहने भएपछि तीन साता अघि एक्सरे गरेर हेर्दा कुमको हड्डी नै निकालिएको थाहा पाएका हुन । पुनः उपचार गर्न जोरपाटी नै पुगेका उनलाई त्यहाँका चिकित्सकले ‘जसले यस्तो गरेको हो, त्यहीं जानू’ भनेपछि उदयपुर आएका उनी आफन्त सहित अस्पताल र चिकित्सक विरुद्ध कारबाही माग गर्दै प्रहरी कहाँ पुगेका छन । खत्रीले आधी स्टिल निकालेर आधी चाही भित्रै छाडेको आरोप लगाएका छन् ।

अस्पतालका अध्यक्ष समेत रहेका डा. साह भने खत्रीको उपचारमा लापरबाही नभएको दाबी गर्छन । त्यो हामीले गरेको नभई अपरेसनका बेला राखिएको तारले घोटिएर हड्डी छिनेको हो,’ उनले भने, ‘तीन महिना पहिला एक्सरे गर्दा ठिकै थियो तर अपरेसन गर्दा तारले खाएको देखियो । खत्रीको उपचारमा लापरबाही भएको पुष्टि भए कानुनले तोकेको सजाय भोग्न तयार रहेको उनले बताए । उपचारको क्रममा कुनै लापरबाही भएको छैनन् । पाँच महिला अघि स्टिल निकालि सकेपछि खत्री आफैले ह्याबी मोटरसाईकल चलाएर घर भएको अस्पतालको दाबी थियो ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण