सिरहा । हिन्दुहरूको महान चाडको रूपमा मानिने होलिमा नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन सशस्त्र प्रहरीका एसपी प्रबिन कंडेलले आग्रह गरेका छन ।
सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले नेपाल र भारत खुल्ला सीमा भएको कारण कोरोना भाइरसको प्रकोप सर्न नदिने उदेश्यका साथ नेपाली नागरिकहरूमा सतर्कता अपनाउन आग्रह गरेका हुन ।
नेपालमा कोरोना भाइरसको प्रकोप देखा नपरेपनि अगाडीदेखि नै सतर्कता अपनाउन पर्नेमा एसपी कंडेलको जोड छ ।
सीमाको राजस्वदेखि शान्ती सुरक्षामा समेत निगरानी बढाउन जिम्मा पाएका सशस्त्र प्रहरी बल ठाडि सीमा लगायत जिल्लाको विभिन्न ठाउँहरूमा हेल्प डेस्कको समेत ब्यवथा गरेको उनले बताए ।
एसपी कंडेलले नेपाली नागरिकको जिउधनको सुरक्षा हाम्रो प्रमुख दायित्व रहेको र त्यसमा सचेत गराउन आफुहरू पछि नहटने बताए ।
सिरहा जिल्लाको ठाडि नाका लगायत ३ ठाउँमा हेल्प डेस्क राखिएको र संक्रमण देखापरेपछी चेकजाँच
गर्नको निम्ति समेत ७ नम्बर गण सिरहामा चिकित्सक राखेर चेकजाच गरिने ब्यवस्था समेत गरिएको एसपी कंडेलले बताए ।







