पाँच दर्जन हलबाट दर्शक हँसाउँदै चुरीफुरी

काठमाडौ । राम्रो नेपाली चलचित्र प्रदर्शन हुन नसकेको दर्शकको गुनासो आईरहेको बेला नयाँ चलचित्र ‘चुरीफुरी’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । आफ्नो चलचित्र मुलुकका ६० भन्दा बढी सिनेमा हलमा रिलिज हुन लागेको यसका निर्माता निर्देशक ऋषीराज आचार्यले बताएका छन् ।

‘चिसोको मौसम भए पनि हलमा राम्रो चलचित्र नआएको भन्दा वितरक हल सञ्चालक देखि दर्शकसम्मको गुनासो आएपछि मैले चलचित्र चुरीफुरी शुक्रबारबाट रिलिज गरेको हुँ । बलिउड र हलिउडका निकै प्रभावशाली सिनेमाहरु यतीबेला आएको भए पनि नेपाली चलचित्र पछि हट्नु् हुन्न भनेर ल्याएको छु् ।’ ऋषीले राजधानीसँग भने ।

हास्य प्रधान यो चलचित्रमा हास्यकलाकारहरु रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी),सुबोध गौतम (एदुमे)को मुखय भूमिका छ । यस्तै अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त,राजीवजंग बस्नेत,रिन्जिन गुरुङ,तुलसीप्रसाद श्रेष्ठ,सुनीता श्रेष्ठ,राजेन्द्र खाती,जोया ढकाल, ऋतु आचार्यको पनि यसमा अभिनय रहेको निर्देशक आचार्यले बताए ।

निर्देशक आचार्यकै लेखन रहेको यो चलचित्रमा राहुल राईको छायाँकन, नवीन निरौलाको सम्पादन, दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी छ । डिसिएनले बितरण गर्ने यो चलचित्र अष्ट्रेलिया, अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने निर्देशक ऋषीराजले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

epaper

ताजा समाचार

विश्व बजारमा आयोनका ३ करोड युनिट गाडी बिक्री