घाँस काटन गएकी बालिकालाई जबर्जस्ती करणी प्रयास गर्ने किशाेर पक्राउ

होत्तरी । बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक किशाेरलाई प्रहरीले जबर्जस्ती करणी प्रयासकाे आराेपमा पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशाेरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतकाे आराेप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशाेरको पहिचान खुलाउन नमिल्ने प्रहरीकाे भनाइ छ ।

किशाेरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ भने जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन