पर्यटन बोर्डका सीईओ हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम आदेश’bout छलफल गर्न ३ माघमा दुवै पक्षलाई बोलाइएको छ ।

२ पुसमा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई निलम्बित गर्दै उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । विदेशबाट फर्कने क्रममा आफूले ल्याएको मदिरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले जाँच गर्न खोज्दा रेग्मीले हातपात गरेको भन्दै उनी विवादमा आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप