सिके राउतका कार्यकर्ताद्धारा किसानको माग सम्बोधन गर्न माग गर्दै राजमार्ग अवरुद्ध

सप्तरी, राजविराज । किसानको माग सम्बोधनका लागि राजमार्ग केन्द्रित आन्दोलनमा उत्रेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी अनिश्चितकालिन राजमार्ग बन्दको आहवान गरेको छ ।

सो क्रममा सप्तरीको भारदहमा भएको आन्दोलनका क्रममा आधा दर्जन कार्यकर्ता घाइते भएका छन् भने दुई महिला आन्दोलनकारी घाइते भएका छन् ।

बिहीबार बिहानैदेखी जिल्लाको भारदह, कंचनपुर, रुपनी, कठौना, कल्याणपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्न जनमतका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । सोही क्रममा भारदहमा प्रहरीसँग झडप हुँदा रुबी शर्मा र एकामनी पण्डित घाइते भएको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिएका छन् ।

यस्तै राजमार्ग अवरुद्ध गर्ने क्रममा श्याम मण्डल, कृष्ण मण्डल, सुरेन्द्र मण्डल, भोगेन्द्र शर्मा, राजेश यादव, सदानन्द मुखियालाई प्रहरीले पक्राउ गरेको उनले सचिव साहले बताए ।

बुधबारदेखी जनतमका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् ।

यस्तै पार्टीले किसानहरुका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न माग गरेको छ ।

यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, किसानलाई पेन्सनको व्यवस्था तथा किसानहमाथी दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल