कप्तान परिवर्तन अधिकार क्यानलाई छ : दासानायके

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिमको कप्तान फेरि परिवर्तन नहुने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको छ । दासानायकेले सन्दीप नै अबको कप्तान हुने स्पष्ट पारेका हुन् ।

दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हाल्न आइपुगेका दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार क्यानमा रहेको बिहीबार भएको पत्रकार सम्मेलनमा स्पष्ट पारे । ‘कप्तान निर्णय गर्ने अधिकार क्यानको हो । अब त्यही निर्णयअनुसार कप्तानले काम गर्छन्,’ उनले भने ।

गत असोजमा अस्ट्रेलियन प्रशिक्षक देव ह्याटमोरले छाडेपछि क्यानले २५ मंसिरमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनले २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए । उनको प्रशिक्षण काल नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल मानिन्छ । उनले प्रशिक्षणमा नेपालले सन् २०१४ मा टी–२० विश्वकप खेल्यो भने ओडीआईस्तरको हैसियत प्राप्त गरेको थियो ।

यतिबेला दायानायके अर्काे महत्वपूर्ण खेलअघि नेपाली टिम सम्हाल्न आइपुगेका छन् । नेपालले सन् २०२२ को फेब्रुअरीमा ओमनमा आईसीसी टी–२० ग्लोबल छनोट ‘ए’ खेल्दै छ । अस्ट्रेलियामा हुने विश्वकप टी–२० मा नेपालले स्थान बनाउन सो छनोटमा शीर्ष दुईमा स्थान बनाउनुपर्नेछ । जसका कारण पनि दसानायके आन्तरिक विवादमा अल्झेर बस्न चाहँदैनन् । त्यसका लागि उनले तत्काल क्लोज क्याम्प सुरु गर्ने बताइसकेका छन् ।

‘टी–२० ग्लोबल छनोटका लागि सम्पूर्ण तयारी भइसकेको छ । हामी चाँडै क्लोज क्याम्प राख्छौं,’ उनले भने ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले पनि बन्द प्रशिक्षणका लागि ३० खेलाडी बोलाउन लागेको बताए । शुक्रबार नै खेलाडीले रिपोर्टिङ गर्ने विनोदले बताए ।

खेलाडी र क्यानबीचको विषयलाई बन्द कोठामा बसेर समाधान गर्न सकिने भन्दै दसानायकेले सो विवादलाई सामान्य रूपमा लिएको बताए ।

क्यानले गत महिना ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंहलाई सेन्ट्रल क्ट्र्याक्टको विषयमा क्यानसँगको सम्झौताविपरीत मिडियामा अभिव्यक्ति दिएको भन्दै सन् २०२२ को केन्द्रीय सम्झौताबाट सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ । सो निर्णय तत्काल सच्चाउन चार खेलाडीले माग गरेका छन् भने क्यानका केही कार्यसमितिका सदस्यले समेत त्यसको विरोध गरेका छन् । तथापि क्यान आफ्नो निर्णयबाट पछि हट्ने पक्षमा देखिएको छैन । जसका कारण अब बन्द प्रशिक्षण सुरु भएसँगै यो विवाद साम्य हुने विश्वास क्यानको छ ।

क्यानले दुई चरणमा क्याम्प आयोजना हुने बताइसकेको छ । छनोटअघि केही सिरिज खेल्ने विषयमा पनि अन्तत्र्रिmया चलिरहेको मुख्य प्रशिक्षक दसानायकेले बताए । दसानायके दुई महिनाअघि एभरेस्ट प्रिमियर लिगका लागि नेपाल आएका थिए ।

सन् २०११ मा पहिलोपटक उनी नेपाल आउँदा नेपाल डिजिभन फोरमा थियो । उनले यसपटक पनि नेपाल अर्काेस्तरमा पुग्ने उनले दाबी गरेका छन् । अरू विवादमा अल्झनुको सट्टा काममा लागि हाल्नुपर्ने अवस्था रहेको संकेत पनि दिए । उनले कुनै एउटा व्यक्तिमा रोकिन नहुने बताए । उनले नेपालको क्रिकेट सुधार भएको र राम्रो प्रतिभासमेत आइरहेको बताए ।

‘म पनि यो विवाद चाहन्नँ । सबै खेलाडीलाई मलाई सहयोग गर्नेछन्,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित