काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । अध्यक्ष प्रचण्डले समूहगत छलफलपश्चात् आएका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेपछि शुक्रबार परिमार्जनसहित प्रतिवेदन पारित भएको नेता श्रीराम ढकालले बताए ।
राजनीतिक प्रतिवेदनमा नेताले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए ।
– निर्वाचनपछि विशेष महाधिवेशन हुने
– फरक मतमाथि प्रचण्डको मौनता
विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजका रूपमा नबुझ्न आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रूपले बहस तथा छलफल हुने दृढता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको बताए । उनले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखिएको जनाए । उनले नेपाली जनताका सपना पूरा गर्न आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए । माओवादी आन्दोलन जतिसुकै बिग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे ।
‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्लान् त ? चिल्लो गाडी छोड्न सक्लान् त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाँझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउन, जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’
यस्तै, अध्यक्ष प्रचण्डले आफूले पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदानको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’bout उल्लेख गरिएको विषय नै पार्टीको आधिकारिक लाइन भएको बताए ।
एमसीसी’bout प्रतिनवेदनमा खास केही उल्लेख नभएको र यसलाई खारेज गर्ने’bout प्रतिवेदनमा उल्लेख हुनुपर्ने माग समूहगत छलफलमा उठेपछि त्यसको जवाफमा प्रचण्डले भने, ‘एमसीसीका विषयमा राजनीतिक दस्तावेजमा जे उल्लेख छ, त्यही हुन्छ । थप छलफल गर्नु पर्दैन, पार्टीको लाइन त्यही हो ।’
प्रचण्डले पेस गरेको प्रतिवेदनमा एमसीसी संशोधन र सहमतिका साथ अघि बढ्नुपर्ने उल्लेख गरेका थिए ।
फरक मत’bout मौन
अध्यक्ष प्रचण्डले महाधिवशनमा आफूले राखेको राजनीतिक प्रतिवेदनमाथि फरक मत र पूरक प्रतिवेदन पेस गरेकालाई बेवास्ता गर्दै मौन बसेका छन् । प्रचण्डले जवाफका क्रममा फरक प्रस्ताव राखेका नेताहरू राम कार्की, हरिबोल गजुरेल, लेखनाथ न्यौपाने’bout केही बोलेनन् ।
नेता न्यौपानले प्रतिवेदनमा फरक मत राख्दै प्रचण्डमा आत्मकेन्द्रित र व्यक्तिवादी प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका थिए । उनले एमालेमा देखिएको केपी शर्मा ओलीको बा प्रवृत्ति माओवादीमा पनि रहेको भन्दै आलोचना गरेका थिए ।
त्यस्तै, नेता राम कार्कीले सैद्धान्तिक कुरा उठाएर पूरक प्रतिवेदन पेस गरेका थिए । नेताको प्रतिवेदन र फरक मत’bout प्रचण्डले उल्लेख गरेनन्, तर उनले फरक प्रस्ताव राख्नेहरूका लागि विशेष महाधिवेशन आयोजना गर्ने बताए । उनले त्यसमा विचार र बहस गर्न पाइने बताए । तीन तहका निर्वाचनपछि विशेष महाधिवेशनमा जाने प्रचण्डको भनाइ छ ।
गजुरेलको फरक मत
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्डपथ स्थगन हुनुले पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्द सत्रमा नेता गजुरेलले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि १९ बुँदे सुझाव राख्दै यस्तो टिप्पणी गरेका हुन् ।
शान्ति प्रक्रियामा आएपछि बालाजुको विस्तारित बैठक, खरिपाटीको राष्ट्रिय भेला, पालुङटारको विस्तारित बैठक र विराटनगर राष्ट्रिय सम्मेलनको दौरान विचार, नीति र संगठनमा सम्झौता गर्दै जाँदा समस्या भएको गजुरेलको निष्कर्ष छ ।
शान्ति प्रक्रियापछि वाद–प्रतिवाद–संवादको द्वन्द्वात्मक प्रक्रिया अवरुद्ध हुँदा विचारको विकास पनि हुन नसकेको उल्लेख गर्दै गजुरेलले लेखेका छन्, ‘बालाजु विस्तारित बैठकको ‘मुखमा चुनाव, दिमागमा विद्रोह’को सारसंग्रहवादी संश्लेषणबाट सुरु हुँदै राष्ट्रियस्तरको छलफल बिना नै प्रचण्डपथको स्थगन हुँदा गम्भीर विचलन पैदा भयो ।’
शान्ति प्रक्रियामा आएपछि माओवादीमा सिद्धान्त र व्यवहारको सन्तुलन कमजोर हुँदै गएको गजुरेलको निष्कर्ष छ ।
यस्तै, नेता गजुरेलले डा. बाबुराम भट्टराईलाई पार्टीको अध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तत्कालीन सोच दूरदर्शी रहेको उल्लेख गर्दै भनेका छन्, ‘तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा. बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी थियो ।’
सुझावको १८ नम्बर बुँदामा नेता गजुरेलले लेखेका छन्, ‘यो अभ्यासमा जान पार्टीपंक्ति तयार नभएपछि अध्यक्ष ब्याक हुनुभएको हुनुपर्छ ।’
आज निर्वाचन कार्यतालिक सार्वजनिक हुने
माओवादी केन्द्रका नेता ढकालका अनुसार शनिबार नेता देव गुरुङले पेस गरेको विधान संशोधन प्रस्तावमा छलफल गर्दै पारित गर्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गरिने छ ।
सार्वजनिक हुने निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय समितिको पदाधिकारी र सदस्य निर्वाचित हुने छन् । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै सम्पन्न हुने छ । तर, महाधिवेशन प्रतिनिधिको सुझावको आधारमा यो संरचनामा केही परिमार्जन पनि हुन सक्ने देखिएको छ । परिमार्जन नभएको अवस्थामा यही आधारमा निर्वाचन प्रक्रियाअघि बढ्ने छ ।